Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • म्याग्दीकी १८ वर्षीया ‘सपना’ विश्वका सय प्रभावशाली महिलाको सूचीमा


    मंगलबार, मंसिर ९ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। पशुपति आर्यघाटमा बेवारिसे लास जलाउने सपना रोका मगर विश्वका सय प्रभावशाली महिलाको सूचीमा परेकी छिन् ।

    अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले सोमबार सार्वजनिक गरेको सन् २०२० का प्रेरणादायी र प्रभावशाली महिलाका रूपमा छानेका सय जनामध्ये नेपालकी सपना रोका मगर समेत परेकी हुन् ।म्याग्दीकी १८ बर्षिया सपनाले विनयजंग बस्नेत अध्यक्ष रहेको बेवारिसे शव व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमार्फत लकडाउनका बेला निःशुल्क खाना खुवाउँदै आएकी छन् ।

    कठिन परिस्थितिमा पनि संघर्षको बाटोलाई स्वीकार्दै समाज परिवर्तनका लागि नौलो र उदाहरणीय काम गरेका सय महिलाको सूची बीबीसीले सपना रोका मगरको नाम सार्वजनिक गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार