Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • गोप्य अन्तर्वार्ता लिंदालिंदै २ म्यानपावरमा वैदेशिक रोजगार विभागको छापा 


    मंगलबार, मंसिर ९ २०७७
    1000
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । कतार पुलिसको लागि गोप्य अन्तर्वार्ता लिंदालिंदै वैदेशिक रोजगार विभागले  २ म्यानपावरमा छापा हानेको छ । वैदेशिक रोजगार विभागले एकै दिन दुई ठुला म्यानपावर कम्पनी एसओएस म्यानपावर र डीडी ह्युमन रिसोर्स प्रा.लीमा छापा मारेको हो । धापासीमा रहेको एसओएस म्यानपावर सर्भिस प्रा.लि र गौरीघाटमा रहेको डीडी ह्युमन रिसोर्स प्रा.लीमा कतार पुलिसको लागि डिमाण्डको पुर्व स्वीकृति बिना नै अन्तर्वार्ता लिईरहेको अवस्थामा विभागले छापा हानेको हो ।

    दुई म्यानपावर कम्पनीले विभागबाट पुर्व स्वीकृतिनै नलिई अन्तर्वार्ता लिइरहेको पुर्व सूचनाका आधारमा विभागको  टोलि अनुगमनमा पुगेको थियो । डीडी ह्युमन रिसोर्स म्यानपावरले एउटै ठुलो कोठामा सयौंको संख्यामा युवाहरुलाई राखेर तालिम समेत दिइरहेको थियो । कतार सरकारले २०२२ मा हुने वल्र्ड कपको लागि भनेर नेपालबाट कतार पुलिसका लागि ठुलो संख्यामा नेपाली लैजाने र आकर्षक तलव र सुविधा दिने भन्ने कुराले कतार पुलिसमा जान धेरै युवाहरु म्यानपावर कम्पनीमा धाइ रहेका देखिन्छन् ।

    हालै सरकारले कतारमा रोजगारीमा पठाउन सिन्डिकेटको झल्को दिइरहेको बेलामा कतार पठाउन छानिएका १७ वटा  कम्पनी मध्येका एसओएस म्यानपावर र डीडी ह्युमन रिसोर्स प्रा.लीमा  नै यस्ता कार्य हुनुले आशंका थपिएको छ।बिभाग टोलीले दुबै  म्यानपावर संचालकलाई आवश्यक कागजात सहित विभाग उपस्थित हुन पत्र काटेको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार