Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना संक्रमित पत्रकारलाई १ लाख वीमा रकम हस्तान्तरण


    सोमबार, मंसिर ८ २०७७
    850
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । मिसन मिडिया क्लवले आज एक सामान्य कार्यक्रमकावीच पत्रकार महासंघ काठमाडौंका कोभिड संक्रमित पत्रकार संजय केसीलाइ कोभिड विमाको रू एकलाख रुपैया हस्तान्तरण गरेको छ ।

    कोभिड–१९ को सङ्क्रमणको बढ्दो जोखिमका वीच पनि अविराम आफ्नो कर्मक्षेत्रमा क्रियाशील नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिअन्र्तगत काठमाडौँ, भक्तपुर र ललितपुरका ११९ पत्रकारको सुरक्षाको लागि क्लवको तर्फबाट पत्रकार कोभिड बीमा’ गरिएको थियो ।

    नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका महासचिवसमेत रहेका कल्वका अध्यक्ष श्रीजन झाले आज प्रदेश समितिको कार्यकक्षमा पत्रकार केसीलाइ बीमा कम्पनी सगरमाथा इन्स्योरेन्सबाट प्राप्त विमा रकम रू १ लाखको चेक हस्तान्तरण गर्नुभएको हो ।

    त्यस अवसरमा महासंघ काठमाडौँ शाखाका उपाध्यक्ष सूर्य सुवेदी ,ललितपुर शाखाका कोषाध्यक्ष रामहरि कार्की,  कान्तिपुर हटलाइनका फोटो पत्रकारद्वयको उपस्थित रहेको थियो ।

    यसअघि कोभिड संक्रमित पत्रकार विदुर थापालाई कोभिड विमाको रू. एकलाख रुपैयाँ हस्तान्तरण गरिसकेको छ । बाँकी एक दर्जन पत्रकारको विमा रकम प्राप्तिको अन्तिम चरणगत प्रक्रिया बाँकी रहेको महासचिव झाले जानकारी दिनुभएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार