Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं उपत्यकामा थपिए १ हजार ७ कोरोना संक्रमित


    सोमबार, मंसिर ८ २०७७
    550
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ७ जनामा कोरोना संक्रमण भेटिएको छ। 

    आज काठमाडौंमा ७ सय ७९, ललितपुरमा १ सय ४३ र भक्तपुरमा ८५ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय ८० जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ। 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ४३ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ।

    आज देशभर १८ हजार ८ सय ८४ जना सक्रिय संक्रमित छन्। आज देशभर १६ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ३ सय ३७ जना संक्रमितको मृत्यु भइसकेको छ।पछिल्लो २४ घण्टामा १० हजार ३८१ जनाको पिसिआर परीक्षण भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार