Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • भूसालको म्यूजिक भिडियो ‘म जति म मन पराउँछु तिमीलाई’ सार्वजनिक


    सोमबार, मंसिर ८ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । दुई दशकदेखि नेपाली गीत–संगीतको विकास र प्रबद्र्धनमा लागेकासान भूसालले ‘जति म मन पराउँछु तिमीलाई’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । अमेरिकाको टेक्सासमा बस्दैआएका भूसालले तिहारको अवसर पारेर म्यूजिक भिडियो बजारमा ल्याएका हुन् । 

    रोशन लामाद्वारा निर्देशित उक्त म्यूजिक भिडियोमा नायिका प्रियंका कार्की र नायक आयुस्मान देशराजले अभिनय गरेका छन् । प्राविधिक र चर्चित कलाकारहरुलाई अभिनय गराइएको उक्त गीतको म्यूजिक भिडियो उत्कृष्ट रहेको छ । म्यूजिक भिडियोका गीतकार कपिलराज गिरी रहेका छन् । 

    संगीतकार भूसाल गीतकार कपिलराज गिरीका शब्दहरु गहन र लयात्मक हुनु उनको पृथक गुण भएको बताउँछन् । उनी भन्छन्– मेरो गीतमा गीतकार गिरीले न्याय गरेका छन् भन्ने मलाई लागेको छ ।

     म्यूजिक भिडियोमा समेटिएका गीतका शब्दहरु पनि अब्बल छन् र संगीत पनि राम्रो बनेको छ । दर्शकले रुचाउने खालको छ । गीतकार गिरीले संगीतकार सान भूसाल र आफ्नोे सहकार्य धेरै पुरानो भएको बताए ।

    भूसाल अमेरिका बस्दै आए पनि नेपाली गीत–संगीतको विकास र विस्तारमा निरन्तर सक्रिय रहँदैआएका छन् । प्रवासमा रहेर पनि नेपाली गीत संगीतको अन्तर्राष्ट्रियस्तरमा विकास र प्रबद्र्धन हुनुपर्छ भन्ने मान्यता राख्ने प्रतिभामा पर्दछन् भूसाल ।

    भुसालको ‘जति म मन पराउँछु तिमीलाई’ गीत यूट्युब च्यानलमा हेर्न र सुन्न सकिनेछ ।

    म्यूजिक भिडियो हेर्नका लागि क्लीक गर्नुस्ः

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार