विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गैरसंवैधानिक अभ्यास नगर्न आग्रह गर्दै प्रदेश प्रमुखलाई पत्र लेखेका छन् ।
मुख्यमन्त्री कार्कीले मंगलबार प्रदेश प्रमुख परशुराम खापुङलाई भेटेर पत्र बुझाउँदै गैरसंवैधानिक अभ्यास नगर्न आग्रह गरेका हुन् ।
कार्की संविधानको धारा १६८(५) अनुसार २७ असोज २०८० मा मुख्यमन्त्री बनेका थिए । पछिल्लो पटक केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि माओवादी र एमालेले उनलाई हटाउने प्रयास गर्दै चैत २६ मा समर्थन फिर्ता लिएका थिए ।
त्यसपछि प्रदेश सभाको विशेष अधिवेशनमार्फत वैशाख २५ भित्र विश्वासको मत लिन वा राजीनामा दिन निर्देशन दिने संकल्प प्रस्ताव समेत पास गराएका थिए ।
तर मुख्यमन्त्री कार्कीले संकल्प प्रस्ताव संबिधानविपरित भएको भन्दै विश्वासको मत पनि नलिने र राजीनामा पनि नदिने अडान राख्दै आएका छन् ।
मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुखलाई लेखेको पत्र-



काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend