Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • आज कोशी मन्त्रिपरिषद विस्तार हुँदै, अपराह्न ४ बजे शपथ


    शुक्रबार, माघ २६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । सत्तारुढ नेपाली कांग्रेसका दुई मन्त्री र एक राज्यमन्त्री तथा माओवादी केन्द्रका दुई मन्त्री थपेर मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् ।

    मुख्यमन्त्री कार्कीले आजै अपराह्न चार बजे नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण हुने जानकारी दिए ।

    कांग्रेसबाट प्रदीप सुनुवार र रामकुमार खत्री मन्त्री बन्दैछन् । इन्दिरा थापा राज्यमन्त्री बन्नेछिन् । प्रदीपलाई स्वास्थ्य र रामकुमारलाई कृषि मन्त्रालयको जिम्मेवारी दिन लागिएको मुख्यमन्त्री कार्यालय स्रोतले बतायो । राज्यमन्त्री थापाको भने मन्त्रालय टुंगो लागिसकेको छैन ।

    यसैगरी माओवादी केन्द्रबाट उदयपुरका नारायण बुर्जामगर र संखुवासभाका राजेन्द्र कार्की मन्त्री बन्दैछन् । उनीहरुलाई सामाजिक विकास र खानेपानी मन्त्रालय दिने तयारी छ ।

    मन्त्रालयको अन्तिम टुंगो लगाएर आजै चार बजे शपथ ग्रहण हुने मुख्यमन्त्री कार्कीले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार