Nepal Face
  • आइतबार, १० साउन २०८३
  • केदार कार्कीले दायर गरेको रिट ढुंगाना र ढकालको संयुक्त इजलासमा


    बुधबार, जेष्ठ ९ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध दायर भएको रिटमा आजबाट सुनुवाइ हुँदैछ। सो रिट सुनुवाईका लागि सर्वोच्चका न्यायाधीशद्धय प्रकाशकुमार ढुंगाना र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेशी परेको छ ।

    निर्वतमान मुख्यमन्त्री केदार कार्कीले वैशाख २७ गते सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ पूर्ण इजलासमा सुनुवाइ हुनेछ ।

    यसअघि सर्वोच्चको एकल इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको थियो । प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख २५ गतेसम्म विश्वासको मत नलिएको भन्दै कार्कीको स्थानमा एमालेका कार्की मुख्यमन्त्री बनेका थिए ।

    २७ वैशाखमा एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा एमाले संसदीय दलका नेता कार्की मुख्यमन्त्री बनेका थिए । ३१ वैशाखमा विश्वासको मत लिएका कार्कीले सरकार पनि विस्तार गरिसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार