काठमाडौँ । भारतीय कम्पनी एमडीएच र एभरेष्टका मसलामा सिंगापुर र हङकङले प्रतिबन्ध लगाएपछि भारतले त्यसको जवाफ मागेको छ । मिडिया रिपोर्टका अनुसार भारतको वाणिज्य मन्त्रालयले सिंगापुर र हङकङको खाद्य नियामकहरूसँग विवरण मागेको हो ।
मन्त्रालयले सिङ्गापुर र हङकङमा रहेका भारतीय दूतावासलाई पनि यस विषयमा विस्तृत प्रतिवेदन पठाउन निर्देशन दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । मन्त्रालयले एमडीएच र एभरेष्टसँग पनि विवरण मागेको छ ।
वाणिज्य मन्त्रालयले भनेको छ- ‘दुवै कम्पनीका उत्पादन अस्वीकृत हुनुको कारण पत्ता लगाइने छ र त्यसलाई सच्याउन के गर्नुपर्दा निर्यातकर्ताको चासो र चासोका विषयमा पनि विचार गरिनेछ ।’
यसअघि सिंगापुर र हङकङले दुवै मसलामा क्यान्सर रोगको तत्व भेटिएको भन्दै प्रतिबन्ध लगाएका थिए ।
हङकङको खाद्य सुरक्षा विभागले भारतीय कम्पनी एमडीएच र एभरेष्टका केही प्याकेज गरिएका मसलाहरूमा कीटनाशक इथाइलिन अक्साइड फेला परेको दाबी गरेको छ र त्यसको प्रयोग नगर्न सल्लाह दिएको छ । यससँगै यसको खरिद–बिक्री बन्द गर्न पनि भनिएको छ । त्यस्तै सिंगापुरमा पनि एभरेष्टको फिश करी मसाला बजारबाट फिर्ता लिन निर्देशन दिइएको छ ।
सिंगापुरले एभरेष्टको फिश करी मसालामा इथिलीन अक्साइड भेटिएपछि देशको खाद्य निकायलाई बजारबाट फिर्ता लिन आदेश दिएको छ । देशमा यो मसलाको आयातकर्ता मुथैया एन्ड सन्स प्राइभेट लिमिटेडलाई यो उत्पादन बजारबाट फिर्ता लिन भनिएको छ । सिंगापुरको फुड एजेन्सीले उपभोक्ताहरूलाई एभरेष्टको माछा करी मसला प्रयोग नगर्न सल्लाह दिएको छ ।
काठमाडौँ। अमेरिका र इरानबीच फेरि तनाव सुरू भएको छ। अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेपछि फेरि तनाव सुरू भएको हो। अमेरिकी केन्द्रीय...
काठमाडौँ। भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या...
काठमाडौँ। भेनेजुएलामा प्रकृतिको डरलाग्दो प्रकोप देखिएको छ । देशमा लगातार आएका दुई अत्यन्त शक्तिशाली भूकम्पले ठूलो विनाश मच्चाएको छ। राजधानी काराकाससहित धेरै क्षेत्रमा बहुमंजिला भवनहरू...
काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सम्झौताबारे आफूले चाँडै नै ‘अन्तिम निर्णय’ लिने बताएका छन् । उक्त सम्झौताले युद्धविरामको अवधि लम्ब्याउन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend