नयाँदिल्ली । भारतका धेरै भाग तातो हावाको लहरको चपेटामा पर्न थालेका छन् र धेरै क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसदेखि ४६ डिग्री सेल्सियस पुगिसकेको छ।
चर्को गर्मीको बीचमा एक टिभी एन्कर प्रत्यक्ष प्रसारणको क्रममा गर्मी हावाको लहरका कारण समाचार पढ्दै गर्दा बेहोस भएकी छिन् । समाचार पढदै गर्दा उनको रक्तचाप अचानक घट्यो । दूरदर्शनको कोलकाता शाखाको एङ्कर लोपामुद्रा सिन्हा गर्मीका समाचार पढ्दा बेहोस भइन । उनी बेहोसीमा नै समाचार पढीरहेको सुन्न सकिन्छ।
‘टेलिप्रम्प्टर धमिलो भयो र म बेहोस भएँ, म मेरो कुर्सीमा लडेँ,’ लोपामुद्रा सिन्हाले आफ्नो फेसबुक पेजमा साझा गरेको भिडियोमा भनेकी छिन् । लोपामुद्रा सिन्हाले भनिन्, ‘अत्यधिक गर्मी र रक्तचापमा अचानक गिरावट आएपछि म बेहोस भएँ ।’ उनका अनुसार कूलिङ सिस्टममा केही गडबडीका कारण स्टुडियो भित्र अत्यधिक गर्मी भएको उनको भनाइ छ ।
बिहानको समाचार प्रसारण हुनुअघि लोपामुद्रा सिन्हाले बंगालीमा आफू अस्वस्थ र तिर्खा लागेको बताइन्। उनले भनिन्, ‘म कहिल्यै पानीको बोतल साथमा बोक्दिनँ। पन्ध्र मिनेटको प्रसारण होस् वा आधा घन्टाको प्रसारण। २१ वर्षको करियरमा प्रसारण गर्दा पानी पिउनुपर्ने आवश्यकता महसुस नै गरिनँ तर यसपटक समाचार समाप्त हुनु भन्दा १५ मिनेट अघि मलाई अचानक तिर्खा लाग्यो र मेरो अनुहारको सट्टा टिभीमा कुनै दृश्यहरू बजिरहेको थिएन, त्यसैले मैले भुइँ प्रबन्धकलाई संकेत गरें र पानीको बोतल मागेँ।’
लोपामुद्रा सिन्हाले भने बाइट बिना सामान्य समाचार मात्रै बजिरहेकोले पानी पिउने मौका नपाएको बताइन् । ‘बुलेटिनको अन्त्यमा एक टेक आयो र मैले पानी पिउने मौकाको सदुपयोग गरें। पानी पिएपछि केही बेर बेहोस भएँ । मेरो स्वर अस्पष्ट हुन थाल्यो,’ उनले भनिन् ।
ओडिशा, झारखण्ड र पश्चिम बङ्गालका केही भागहरूलाई असर गरिरहेको तातो हावाको लहर यस महिनाको दोस्रो गर्मीको लहर हो। पहिलो गर्मीको लहरले तेलंगाना, आन्ध्र प्रदेश, तमिलनाडु र गुजरातका केही भागमा अत्याधिक थियो। शनिबार केही स्थानको अधिकतम तापक्रम सामान्यभन्दा सातदेखि आठ डिग्री बढी रेकर्ड गरिएको थियो । पश्चिम बंगालको मिदनापुर र बांकुरामा क्रमशः ४४.५ डिग्री सेल्सियस र ४४.६ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ।
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्र रूपमा घट्ने र पेट्रोलको मूल्य प्रतिग्यालन दुई अमेरिकी डलरभन्दा...
काठमाडौँ । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजले विवाह गरेका छन्। उनीहरूले मंगलबार पोर्चुगलको कास्काइसमा एक निजी नागरिक समारोहबीच...
काठमाडौँ । कोलम्बियाको पश्चिमी क्षेत्रमा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको छ । कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटीजले मंगलवार...
काठमाडौं । कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ । सयौं मानिस अझै बेपत्ता छन् । सरकारले प्रारम्भिक रूपमा १११...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend