Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • सूचना प्रविधि क्षेत्रका ठेकामा सेटिङ गर्ने बिकल पौडेलबिरुद्ध अर्को मुद्दा दायर


    आइतबार, बैशाख ९ २०८१
    1.9K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    अमेरिकी पीआर लिएर सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पद लिएको आरोपमा अख्तियारले पौडेलविरुद्ध मुद्दा दायर गरेको हो ।

    उनीविरुद्ध यसअघि नै सुरक्षण मुद्रण केन्द्रमा अनियमितता गरेको आरोपमा दायर भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन छ । गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा पक्राउ परेका उनलाई विशेष अदालतको अनुमतिमा म्यादथप गरेर थुनामा राखी अख्तियारले अनुसन्धान गरिरहेको छ ।

    विकल पौडेलले सेक्युरिटी प्रेस स्थापनापूर्वका संरचना निर्माणमै करोडौं अनियमितता गरेकोमा मुद्दा दायर भइसकेको छ । यसका अलावा उनी इम्बोस्ड नम्बर प्लेटको ठेक्का, एमआरपी ठेक्का लगायतका धेरै काण्डमा मुछिएका छन् ।

    अख्तियारको हिरासतमा रहेका उनले नेपालका ठूला ठेक्कामा कन्सलट्यान्ट भई एक करोडमा हुने कामलाई २० करोड लागत बढाएर भ्रष्टाचार गर्ने गरेको बिषयमा पनि अख्तियारले अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार