Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पेट्रोल चोर्ने ट्यांकरलाई जरिवाना


    बिहिबार, मंसिर ४ २०७७
    1000
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल आयल निगमका लागि पेट्रोलको ढुवानी गर्दै आएको २ वटा ट्यांकरमा अवैध रुपमा फल्स बटम (बाहिरबाट नदेखिने छुट्टै कोठा) राखेर पेट्रोलियम पदार्थको चोरी भएको तथ्य सार्वजनिक भएको छ । 

    नेपाल आयल निगम बागमती प्रादेशिक डिपोका लागि भारतको बरौनी रिफाइनरी डिपोबाट पेट्रोलको ढुवानी गर्दै आएको ना ७ ख ३६९६ र ना ७ ख २९९५ नम्बरको ट्यांकरमा त्यसरी अवैध रुपमा फल्स बटम राखेर चुहावट गर्ने गरेको पाइएको निगमले जनाएको छ । 

    बाहिरबाट आएको सूचनाका आधारमा निगमको प्राविधिक टोलीले बुधबार जाँच गर्दा त्यस्तो तथ्य भेटिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । 

    २०/२० हजार लिटर क्षमताका ती ट्यांकरहरु बीर बेताल आशीर्वाद कम्पनीको नाममा रहेको र प्रज्वलराज भट्ट, दीपेन्द्रबहादुर बम र सदेन व्यञ्जनकार रहेको निगमले जनाएको छ । दुईवटा ट्यांकरलाई निगमले प्रतिट्यांकर १५÷१५ लाखका दरले जरिवाना गरिसकेको छ भने ट्यांकरको सञ्चालनमा समेत रोक लगाइसकेको छ । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार