एल्जन पहाडी
रौतहट । जिल्लाको गरुडा नगरपालिकाका मेयरसहित ३० जनाको टोली भारत भ्रमणमा हिँडेपछि नगरपालिकाको दैनिक कामकाजमा समस्या उत्पन्न भएको स्थानीयको गुनासो रहेको छ ।
मेयर कन्थमणिप्रसाद कलवार, उपप्रमुख पुनम कुमारी चौधरी, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगर परिषद सदस्यहरुसहितका तीन दर्जनको जम्बो टोली भ्रमण हिँडेपछि दैनिक कामकाजमा समस्या भएको गरुडाका सेवाग्राही दीनानाथ सहनीले गुनासो गरे ।
जनप्रतिनिधिहरु नै नगरपालिका र वडा कार्यालयमा नभएपछि सेवा प्रवाहमा समस्या भएको उनको भनाइ रहेको छ । रोचक कुरा त के छ भने सो नगरपालिकाका मेयरबिरुद्ध आन्दोलनमा उत्रेकी उपमेयरसमेत हिसावकिताव मिलेपछि मेयरसँगै धार्मिक भ्रमणमा निस्केकी हुन् । उपमेयर पुनमकुमारी चौधरीले मेयरले नगरपालिकाको रकम हिनामिना गरेको भन्दै केही समय पहिला नगरपालिकाको मूलगेटमा ताला लगाएर धर्नामा बसेकी थिइन् ।
अहिले नगरपालिकाका सबै जनप्रतिनिधि धार्मिक भ्रमणको नाममा झोलितुम्बा बोकेर भारततिर लागेपछि अहिले गरुडा नगरपालिकाको कार्यालय सुनसान देखिएको छ । यहाँका जनप्रतिनिधि र कर्मचारी भ्रमणका लागि जिल्ला बाहिर मात्र नभई छिमेकी मुलुक भारतमा पुगेका छन् । उनीहरु तिर्थयात्रा भनी भारतको हरिद्वार, अयोध्या लगायतका ठाउमा तिर्थ भ्रमणमा पुग्ने योजना रहेको भ्रमण दलका एक सदस्यले बताए ।
नगरपालिकाका जनप्रतिनिधिसहित कर्मचारी र सदस्यहरुको टोली भ्रमणमा गएको हो । टोली नै एकैपटक भ्रमणमा निस्किएपछि नगरपालिकाको दैनिक काम प्रभावित भएको छ । नगरपालिकामा विभिन्न कामले आउने सेवाग्राही यतीबेला नगरपालिकाबाट रित्तो हात फर्कन बाध्य भएका छन् ।
जनप्रतिनिधि नभएपछि नगरपालिकाको प्रबिधिक, स्वास्थ्य, कृषि, पशु, सामाजिक सुरक्षा, महिला विकास लगायत शाखाका कर्मचारीहरुसमेत मोबाईल चलाएर दिन बिताउँदै देखिन्छन् । अहिले नगर प्रमुख कलवारसहितका टोली भारत पुगेका छन् ।
गरुडा नगरपालिका प्रमुख कन्थमणि कलवारसहित नगरको टोली भारतका बिभिन्न धार्मिक तिर्थस्थल भ्रमणका लागि ६ लाख खर्च गरेर भारतको अयोध्यासम्म पुग्न लागेको स्रोतको भनाइ रहेको छ । रामनवमी पर्व परेर नगरप्रमुख कलवारले कार्यपलिकाका असन्तुष्ट पक्षलाई तिर्थस्थलको भ्रमण गराएर खुशी पार्न खोजेको आरोप स्थानीयको रहेको छ । न्यूज कारखाना
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
काठमाडौं । परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले राजदूत पदमा मात्र होइन, श्रम सहचारीमा समेत आँखा लगाएका थिए । विगतदेखि नै श्रम सहचारीमा सामान्य प्रशासन समूहका कर्मचारीलाई...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ। मन्त्रालयको निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend