सञ्जय मिश्रा
रौतह । रौतहटस्थित सशस्त्र प्रहरीले १ वर्षको अवधिमा दुई करोड बढीको अवैध सामान,२४ जना मानिससहित ७८ वटा सवारी साधन बरामद गरेको छ।
तस्करीको माध्यमबाट भित्र्याइएको दुई करोड ८० लाख रुपैयाँ भन्दा बढीको बिभिन्न प्रकारक भारतीय अबैध सामान बरामद गरेको हो ।
गत साउन १ गतेदेखि चैत्र मसान्तसम्म जम्मा भारतबाट बिभिन्न नाका हुँदै भित्र्याइएका दुई करोड ८० लाख ४३ हजार ५६४ रुपैयाँ बराबरका अबैध सामान बरामद गरिीको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन् ।
गत चैत मात्र १ महिनाको अवधिमा मात्रै ३६ लाख ४५ हजार ९८४ रुपैयाँबराबरका अबैध सामान बरामद गरेको थियो । बरामद सम्पूर्ण सामान आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको एस्पी हुमागाईंले जानकारी दिएका छन् ।
अबैध सामान ओसारपसारमा संलग्न १३ जना, लागू औषध कारोबारमा संलग्न २ जना, हात हतियारसहित पक्राउ परेका ३ जना र वन पैदावर ओसारपसारमा संलग्न ६ जना गरी जम्मा २४ जना मानिसलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको एसपी हुमागाईले बताएका छन् ।
त्यसैगरी तस्करी लगायत बिभिन्न अवैध कारोबारमा बरामद भएको बस १ वटा, पिकअप र बलेरो ३ वटा, अटो १ वटा, ईलेक्ट्रिक लोडर, १ वटा, मोटरसाईकल ४२ वटा, ट्याक्टर १७ वटा, साइकल ११ वटा, गाडा २ वटासहित बिभिन्न किसिमका ७८ वटा सवारी साधन भन्सार कार्यालयमा,राजश्व कार्यालय वन कार्यालय, नगरपालिकाको कार्यालय लगायत सम्बन्धित कार्यालयमा दाखिला गरिएको सशस्त्र प्रहरी रौतहटको सूचनामा उल्लेख गरिएको छ।
गत आर्थिक बर्षमा भारत बाट चोरीलुकी तस्करहरुले भित्र्याएको कुल पाँच लाख ३५ हजार ५८० रुपैया बराबरको १६ क्विन्टल ६१ किलो प्रतिबन्धित अबैध कुखुरा बरामद गरी नष्ट गरेको सशस्त्र प्रहरीले जारिगरेको सूचनामा उल्लेख गरिएको छ।
त्यस्तै सशस्त्र प्रहरी बल, नेपालको परिचालनबाट २०८० मंसिर ३ गते यमुनामाई–३ मल्हिनिया टोलमा शेख बैतुल्लाहको कच्ची घरबाट पेस्तोल ३, सोमा प्रयोग हुने म्यागजिन ६ थान ,७।६५ एमएमको १३ राउण्ड गोली, एयर गन १ नाल गरी जम्मा ४ नाल हतियार बरामद गरेको थियो।
त्यस्तै गत चैत २ गते परोहा नगरपालिका ९ घिउरा गाँउमा मनि ट्रान्सफर्मरमा गोली फायर गरी फरार ३ जना भारतीय नागरिकहरुको साथबाट २ थान पेस्तोल र ५ राउण्ड गोलीसहित भारतीय नम्बरको एउता मोटरसाइकल बरामद गरेको थियो ।
सोही अवधिमा भारतीय समकक्षी एसएसबीसँग मिलेर सशस्त्र प्रहरीले १२५ पटक संयुक्त बोर्डर गस्ती गरेको थियो । प्रादेशिक अस्पताल गौर लगायत जिल्लाको बिभिन्न अस्पतालमा उपचारको क्रममा बिरामीलाई रगत अभाव हुँदा सशस्त्र प्रहरीले गत साउन देखी चैत्र मसान्त सम्म ५१ पटक रक्तदान गरेको छ ।
परोहा ९ खापस्थित रहेको शिबम मनिट्रान्सफरका संचालक बर्ष २५ का नितेश साहलाई गोली हानी भाग्दै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, बोर्डर आउट पोष्ट रामपुरखापबाट खटिएको चेकप्वाईन्ट टोलीले ३ जना भारतीय नागरिकहरुलाई नियन्त्रणमा लिएको थियो ।
घटनास्थलमा सशस्त्र प्रहरी ११ गण हेडक्ववाटर गौरका प्रमुख एसपी बिक्रम हुमागाई र जिल्ला प्रहरी कार्यालय गौरबाट तत्कालीन एसपी महेन्द्रकुमार श्रेष्ठको संयुक्त टोलीले सर्च गर्ने क्रममा १ नाल कटुवा पेस्तोल, १ नाल अटोमेटिक पेस्तोल र ६ राउण्ड गोली सहित तीनजना भारतीय अपराधीलाई पक्राउ गरेको थियो ।
त्यस्तै, ईशनाथ नगरपालिका ७ ठुलो घिउरा गाउँमा सरस्वतीको मूर्ति विसर्जनको विषयलाई लिएर हिन्दु र मुस्लिम समुदायका हजारौँ जना स्थानीयबीच झडप हुँदा सशस्त्र प्रहरी बल, नेपालको ३५० जना र नेपाल प्रहरीको ४५० जनाको टोली परिचालन भई स्थितिलाई नियन्त्रणमा लिई ठूलो धनजनको क्षति हुन नदिएको सूचनामा उल्लेख गरिएको छ।
आर्थिक बर्ष २०८०÷०८१ मा रौतहटस्थित विपद् व्यवस्थापन सम्बन्धी कक्षा–४०, लागूऔषध सम्बन्धी कक्षा–४५ र सीमा सम्बन्धी १९ वटा जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको थियो । सोही अवधिमा जिल्लाको बिभिन्न स्थानमा भएको ५२ वटा आगलागीको घटनामा ३४० जना, १५ डुबानको घटनामा ३४१ जना, २५ सवारी दुर्घटनामा ३६७ जनालगायत १५३ वटा बिभिन्न घटनामा १४ सय २० जनशक्ति परिचालन गरिएको एस्पी हुमागाईंले जानकारी दिएका छन् ।
सीमावासीसँग सशस्त्र प्रहरी” कार्यक्रम अन्तर्गत गत फागुन २६ गते परोहा–५ लौकाहामा संचालन भएको निः शुल्क स्वास्थ्य शिविरबाट १४०२ जना स्थानीय लाभान्वित भएका थिए।
“सीमावासीसँग सशस्त्र प्रहरी” कार्यक्रम क्यूआईपी प्रोजेक्ट अन्तर्गत गत माघ २९ गते गौर– १ स्थित दलित बस्तीमा निर्मित “सामुदायीक खानेपानीको धारा”बाट स्थानीय ४०० जना लाभान्वित भएका छन् ।
गत आर्थिक बर्षमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा लामो दूरीको गस्ती एलआरपी २० वटामा ३०० जनशक्ति परिचालित, सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३५ जना सीमामा २४ र ७ सीमा गस्ती संचालन गरिएको सशस्त्र प्रहरी रौतहटको सूचनामा उल्लेख गरिएको छ । न्यूज कारखाना
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend