काठमाडौं । सत्ता गठबन्धनमा खटपट उत्पन्न भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग भेटेका छन् । बालुवाटारमा प्रधानमन्त्री र खनालबीच मंगलबार बिहान भेटवार्ता भएको हो ।
नेकपा एकीकृत समाजवादीको निर्णयले सुदूरपश्चिमसहित समग्र गठबन्धनमा समस्या निम्तिएको बेला दुई नेताबीच भेटवार्ता भएको हो । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीसँग भएको सहमतिबिपरीत नागरिक उन्मुक्ति पार्टीलाई दिने निर्णय प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेपछि सत्ता समीकरणमा धाँजा परेको छ ।
राष्ट्रियसभाको उपाध्यक्ष र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेकपा समाजवादीलाई दिने सहमति भएको थियो । तर राष्ट्रियसभाको उपाध्यक्ष एमालेले पाइसकेको छ ।
सुदूरपश्चिमको मुख्यमन्त्री पनि नाउपालाई दिने भएपछि नेकपा समाजवादीले कांग्रेससहितको गठबन्धनका लक्ष्मणकिशोर चौधरीलाई समर्थन गर्न लागेको छ ।
नाउपाकै लक्ष्मणकिशोरलाई कांग्रेसले मुख्यमन्त्रीका रुपमा अगाडि सारेको छ भने एमाले–माओवादीले नाउपाका अर्का सांसद कैलाश चौधरीलाई मुख्यमन्त्रीका रुपमा बढाएका छन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend