काठमाडौं । सत्ता गठबन्धनमा खटपट उत्पन्न भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग भेटेका छन् । बालुवाटारमा प्रधानमन्त्री र खनालबीच मंगलबार बिहान भेटवार्ता भएको हो ।
नेकपा एकीकृत समाजवादीको निर्णयले सुदूरपश्चिमसहित समग्र गठबन्धनमा समस्या निम्तिएको बेला दुई नेताबीच भेटवार्ता भएको हो । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीसँग भएको सहमतिबिपरीत नागरिक उन्मुक्ति पार्टीलाई दिने निर्णय प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेपछि सत्ता समीकरणमा धाँजा परेको छ ।
राष्ट्रियसभाको उपाध्यक्ष र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेकपा समाजवादीलाई दिने सहमति भएको थियो । तर राष्ट्रियसभाको उपाध्यक्ष एमालेले पाइसकेको छ ।
सुदूरपश्चिमको मुख्यमन्त्री पनि नाउपालाई दिने भएपछि नेकपा समाजवादीले कांग्रेससहितको गठबन्धनका लक्ष्मणकिशोर चौधरीलाई समर्थन गर्न लागेको छ ।
नाउपाकै लक्ष्मणकिशोरलाई कांग्रेसले मुख्यमन्त्रीका रुपमा अगाडि सारेको छ भने एमाले–माओवादीले नाउपाका अर्का सांसद कैलाश चौधरीलाई मुख्यमन्त्रीका रुपमा बढाएका छन् ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend