Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मधेसमा जसपा सरकारलाई निरन्तरता दिने गठबन्धनबीच बालुवाटारमा सहमति


    शुक्रबार, जेष्ठ ५ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि आलोपालो गर्ने सत्ता गठबन्धन दलहरुबीच सहमति भएको छ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दलका शीर्ष नेताहरूको बैठकले मधेस प्रदेशमा आलोपालो सरकारको नेतृत्व गर्ने निर्णय गरेको हो।

    आज शुक्रबार माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर र मधेस प्रदेशका अन्य नेताहरुबीच छलफल भएको हो ।

    बालुवाटारको सहमतिसँगै अब नेपाली कांग्रेस, लोसपा र नेकपा (एकीकृत समाजवादी) समेत सरकारमा सहभागी हुनेछन्।

    आफूहरू सरकारमा सहभागी हुने र सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको नेपाली कांग्रेस मधेस प्रदेशका सभापति एवं संसदीय दलका नेता कृष्णप्रसाद यादवले बताए।

    साथै जनमत पार्टीलाई पनि सरकारमै राख्ने सहमति भएको उनले बताए। हाल मधेस प्रदेश सरकारको नेतृत्व जसपाले गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार