Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच बालुवाटारमा भेट, मन्त्रालय भागबण्डाबारे छलफल


    बुधबार, फाल्गुन २३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नयाँ सत्ता गठबन्धनका साझेदार रास्वपा सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन् ।

    नयाँ सत्ता गठबन्धनका दलहरुबीच मन्त्रालय भागबन्डाको सहमति हुन नसकिरहेको बेला बेला प्रधानमन्त्री प्रचण्ड र लामिछानेबीच केही बेरअघिदेखि छलफल भइरहेको बताइएको छ ।

    लामिछानेले गृह मन्त्रालयमा दाबी गरिरहेका छन् । तर गृहमन्त्रालय प्रधानमन्त्री आफ्नै पार्टीका नेतालाई बनाउने पक्षमा भएकाले सहमति हुन सकेको छैन ।

    गएको बर्ष पुस ५ गते प्रचण्ड नेतृत्वको सरकारमा पनि लामिछाने गृहमन्त्री भएका थिए । तर नागरिकता प्रकरणमा उनले राजीनामा दिएका थिए । त्यसपछि उनलाई पुनः गृहमन्त्री नबनाएपछि रास्वपा सरकारबाट बाहिरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार