काठमाडौं । माघ ११ गते सम्पन्न हुने आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सरकारमा सहभागी चार दलबीच सिट बाँडफाँटबारे सहमती भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी चार दलको बैठकमा कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिट लिने गरी सहमती भएको बैठकमा सहभागी कांग्रेस संसदीय दलको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
उक्त बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित चार दलका नेताहरू सहभागी रहेका छन् ।
यसअघि शनिबार पनि अबेरसम्म बसेको बैठकले तयार पारेको सिट बाँडफाटको खाकामा एकीकृत समाजवादीले असन्तुष्टि जनाएपछि आज पुनः छलफल अघि बढाईएको थियो ।
यसअघि एकिकृत समाजवादीले तीन सिटमा दाबी गर्दै आएको थियो भने शनिबार रातिको बैठकमा राष्ट्रिय सभामा रिक्त १९ सिटका लागि गरेको सहमती अनुसार एकीकृत समाजवादी आफूले पाउने सिटप्रति असन्तुष्टी जनाएर बैठकबाट बाहिरिएको थियो । शनिबारको छलफलमा कांग्रेसले १०, माओवादीले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिट पाउने निर्णयमा एकीकृत समाजवादीले असन्तुष्टी जनाएको थियो ।
कोशीमा कांग्रेसले १ र माओवादीले १, मधेशमा कांग्रेसले १ र जसपाले १, सुदूरपश्चिममा कांग्रेसले १ र माओवादीले १ र लुम्बिनीमा कांग्रेसले १ र माओवादीले १ सिट पाउने अनौपचारिक सहमति भएपनि यसमा समाजवादी सन्तुष्ट देखिएको थिएन।
रिक्त १९ सिटका लागि हुने आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशमा भोली उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ ।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend