काठमाडौँ । अमेरिकामा बस्दै आएका विश्वकै जेठो जुम्ल्याहा लोरी र जर्जको ६२ वर्षको उमेरमा निधन भएको छ । अमेरिकी राज्य पेन्सिल्भेनियाको लाइबेनस्पर्गर फ्युनरल होमका अनुसार उनीहरु दुबैले अप्रिल ७ को राती पेन्सिलभेनिया विश्वविद्यालयको अस्पतालमा अन्तिम सास लिएका थिए । यद्यपी उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।
गिनिज बुक अफ वल्र्ड रेकर्डले पनि लोरी र जर्जको मृत्युको पुष्टि सामाजिक सञ्जालमा पोष्टमार्फत गरेको छ ।
जर्ज र लोरीको जन्म सेप्टेम्बर १८, १९६१ मा भएको थियो । दुवैको टाउको र रक्तकोष आंशिक रूपमा जोडिएको थियो । दुवैले मस्तिष्कको ३० प्रतिशत हिस्सा बाँडेका थिए । यद्यपि, यी सबै चीजहरूको बावजुद, लोरी र जर्जको फरक लिङ्ग र क्यारियरहरू थिए ।
२००७ मा आफ्नो ५०औं जन्मदिनमा एक साक्षात्कारमा, लोरीले भनेकी थिइन्, ‘हाम्रो जन्मको समयमा, डाक्टरहरुलाई डर थियो कि हामी ३० बर्ष सम्म मात्र बाँच्नेछौं । तर हामीले तिनीहरूलाई गलत साबित गर्यौं ।’
जर्जलाई स्पाइना बिफिडा नामक रोग थियो र उनी लोरीभन्दा ४ इन्च छोटो थिए । दुवैले सार्वजनिक हाई स्कूलमा पढे र कलेज सँगै पूरा गरे ।
समाचार एजेन्सी एपीका अनुसार २४ वर्षको उमेरदेखि जर्ज र लोरी पेन्सिलभेनियामा दुई बेडरूमको अपार्टमेन्टमा बस्थे । यहाँ दुवैले आ–आफ्नो हिसाबले जीवन बिताए ।
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend