काठमाडौं । सशस्त्र प्रहरी बलले सिरहामा चोरी तस्करी नियन्त्रणका लागि निगरानी बढाएपछि फागुन महिनामा भन्सारले राखेको लक्ष्यभन्दा २२ प्रतिशत राजस्व बृद्धि भएको छ ।
कार्तिकयता सशस्त्र प्रहरी बल सिरहाले ४ करोड १३ लाख ९७ हजार ५ सय २३ रुपैयाँ बराबरको लताकपडा, किराना समान, हार्डवेयर, इलेक्ट्रोनिक्स, मदिरा, तथा नगद बरामद गरी भन्सार दाखिला गरेको ७ नम्बर गण सिरहाका एसपी शिव गैरे बताउँछन् ।
सशस्त्र प्रहरी सिरहाले कात्तिकयता लत्ताकपडा ९४ लाख ५८ हजार ९८ रुपैयाँँको बरामद गरेको छ । किराना सामान ९७ लाख ३१ हजार ४ सय ८४ रुपैयाँँको र हार्डवेयर ९ लाख १७ हजार ६ सय २२ रुपैयाँँ बराबरको बरामद गरेको छ ।
त्यसैगरी ५ लाख ५६ हजार ७सय ६७ रुपैयाँँको ईलेक्ट्रोनिक्स सामान र औषधि १ लाख ६२ हजार ४ सय ३८ रुपैयाँँको बरामद गरेको छ । मदिरा ४ लाख ७० हजार ७ सय ४५ रुपैयाँँ र पटाखा १ लाख ९३ हजार २ सय ७९ रुपैयाँँको बरामद भएको छ ।
पशु चौपाया १ लाख १४ हजार २ सय ५० रुपैयाँँ, सवारीसाधन १ करोड ६३ लाख ३५ हजार रुपैयाँँ, नगद २५ लाख ५७ हजार ८ सय ४० रुपैयाँँ बराबरको बरामद गरेको छ ।
भारतसँग जोडिएको ४६ किलोमिटर सिमा नाकामा सशस्त्र प्रहरी बलका २ वटा प्रस्तावित गुल्म र ५ वटा बिओपी रहेका छन् ।
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११ प्रहरी कर्मचारीलाई एक साताभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले मंगलबार सूचना जारी...
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend