Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भीरबाट लडेर एक वडासचिवको घटनास्थलमै मृत्यु


    शुक्रबार, चैत्र १६ २०८०
    970
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धनगढी  । दार्चुलाको मालिकार्जुन गाउँपालिका–५ डाडाकोटस्थित भिरबाट लडेर एक जना वडा सचिवको मृत्यु भएको छ। प्रहरीका अनुसार गाउँपालिकाको केन्द्र पस्तीबाट डाँडाकोट जाने क्रममा वडा सचिव ४० वर्षीय गंगाराम लुहारको मृत्यु भएको हो।

    उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। घटना बिहीबार भएकोमा प्रहरीले शुक्रबार जानकारी पाएको बताएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार