माधव पौडेल
काठमाडौं । राजनीतिमा होमिएको ७ महिनामा २०७९ पुस ११ मा उपप्रधान तथा गृहमन्त्री भएका रवि लामिछानेमा पहिलो पटक शासनमा पुग्दा जुन चर्को क्रान्तिकारीपन थियो, १३ महिनापछि पुनः त्यही पदमा आएपछि उनी लचिला र ब्यवहारिक देखिएका छन् ।
पहिलो पटक गृहमन्त्री हुँदा उनले क्षेत्राधिकार नै मिचेर अरु मन्त्रालय अन्तर्गतका जनसम्पर्क हुने कार्यालयमा पनि आफैं पुग्थे । बिचौलियाहरुलाई निमिट्यान्न पार्ने अभिब्यक्ति दिएर चर्चामा आएका थिए । प्रहरीका सरुवा बढुवामा राजनीतिक हस्तक्षेपलाई ठाडै इन्कार गर्ने भाषणमात्र गरेनन्, ठूलो हल्लाखल्लाका साथ राज्यको सुविधा खाएर हाकिम र नेताहरुका घर घरमा काम गर्ने प्रहरी फिर्ता गर्न निर्देशन दिए । भलै त्यो निर्देशन १५ प्रतिशत मात्र कार्यान्वयन भएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै अप्ठेरो पर्नेगरी सस्तो लोकप्रियतामा रमाउन थालेका लामिछाने सर्वोच्च अदालतबाट नागरिकता खारेज र पुनः प्राप्ती गर्नुपर्ने आदेश आएपछि पदमुक्त भएका थिए ।
दोस्रो पटक २०८० फागुन २१ मा लामिछाने गृहमन्त्री भएपछि नेपाल प्रहरीमा रिक्त ८ एसपी बढुवा र सशस्त्र प्रहरीमा एक डीआईजी बढुवा सिफारिस भएका छन् । यी दुवै संगठनमा भएएका बढुवाबाट उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पैंठेजोरी खेलेर क्षणिक लोकप्रियतामा रमाउने भन्दा पनि सम्हालिएर अगाडि बढ्न चाहेको संकेत गरेका छन् ।
बुधबार राति भएको नेपाल प्रहरीको ८ डीएसपीलाई एसपी बढुवा सिफारिसमा बरिष्ठताका आधारमा पहिलो नम्बरमा रहेका प्रदीपकुमार क्षेत्रीलाई छुटाएर १२ औं नम्बरमा रहेका विनोद घिमिरेलाई गरेपछि गृहमन्त्री लामिछानेको आलोचना भएको छ । एसपी बढुवामा बरिष्ठता र कार्यक्षमतालाई भन्दा नेताका पीएसओ बसेकाहरु पहुँचका आधारमा बढुवा भएको टिप्पणी भइरहेको छ । विनोद घिमिरे प्रधानमन्त्री प्रचण्डका पूर्व पीएसओ हुन् भने सन्तोष तामाङ र राजन लिम्बु पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पीएसओ हुन् ।
बिहीबार सशस्त्र प्रहरीको डीआईजी बढुवामा एसएसपी दीपक अधिकारी सिफारिस भएका छन् । सशस्त्रमा डीआईजी बढुवा सिफारिसमा परेका एसएसपी अधिकारी पाँच प्रतिस्पर्धीमा अब्बल नै हुन् । तर बरिष्ठताका आधारमा डीआईजीका दाबेदार एसएसपी कृष्ण पाठक थिए । गृहमन्त्री भएपछि लामिछानेले नेपाल प्रहरी प्रधान कार्यालयमा सम्बोधन गर्दा प्रहरीका सरुवा बढुवामा राजनीतिक हस्तक्षेप हुन नदिने आश्वासन दिएको १५ दिनमै एसपी बढुवामा बरिष्ठ डीएसपीहरुमाथि अन्याय गरिएको छ ।
विगतमा भावनामा बगेर स्टन्टमा रमाएका रवि पछिल्लो पटक गृहमन्त्री भएपछि ब्यवहारिक र लचिलो देखिएका यी दुई दृष्टान्त हुन् । राजनीतिक सन्तुलन मिलाएर उनी सत्तामा टिकिरहन प्रधानमन्त्रीसँग सम्झौता गर्न तयार देखिएका छन् ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
मोहनकुमार घिमिरे संघीय निजामती सेवा ऐन मुलुकको प्रशासन चलाउने एउटा अर्को कानुनमात्र होइन, यो राज्य र निजामती कर्मचारीबीचको सम्बन्ध, जिम्मेवारी, अधिकार, सेवा–सर्त र उत्तरदायित्व निर्धारण...
सम्राट उपाध्याय काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई शनिबार मध्यराति प्रहरीले नियन्त्रणमा लियो । ब्यवहारिक रुपमा जबरालाई पक्राउ गरिए पनि सैद्धान्तिक रुपमा सुरक्षा प्रदान गरेको दाबी...
सुयोग शर्मा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा बिपद ब्यवस्थापन सम्बन्धी बृहत् छलफल संवाद कार्यक्रम मिनी कुम्भमेला आयोजना गरिएको थियो । जसमा पूर्व महानिर्देशक, सचिव, पूर्व...
क्षितिजविक्रम खनाल नेपाली समाजमा हरितालिका तीज केवल एउटा धार्मिक पर्वमात्र होइन, यो नारी जीवनको आध्यात्मिक, सामाजिक र सांस्कृतिक आयामसँग गहिरो रूपमा जोडिएको जीवन्त परम्परा हो...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend