Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • आठ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)


    बिहिबार, चैत्र १५ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । लामो समयको प्रतिक्षापछि एसपी बढुवा सिफारिस गरेको छ । बुधबार राति नेपाल प्रहरीले ८ डीएसपीलाई एसपीमा बढुवा सिफारिस गरेको हो ।

    डीएसपीबाट एसपी बढुवा सिफारिस हुनेहरुमा डीएसपीहरु ढकेन्द्र खतिवडा, अंगुर जीसी, यादव ढकाल, सन्तोष तामाङ, निरन्जनदत्त भट्ट, श्यामबाबु ओलिया, राजन लिम्बू र विनोद घिमिरे छन् ।

    यसअघि बढुवाबाट बन्चित भएका अंगुर जीसी यो पटक बढुवामा परेका छन् । निर्मला पन्त प्रकरणमा सीआईबीबाट खटिएका उनलाई त्यहीकारण बढुवाबाट बन्चित गरिएको थियो ।

    नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदै एसपी बढुवा गर्न डीएसपीहरुले शक्तिकेन्द्रमा चलखेल गरेको बिषय मिडियामा आएको थियो । सुसान कर्माचार्यले एसपी बढुवाका दाबेदार डीएसपीहरुसँग टोकन बुझिसकेको अवस्थामा सत्ता गठबन्धन परिवर्तन भई गृहमन्त्रालयबाट नारायणकाजी परराष्ट्र मन्त्री हुन पुगेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार