लन्डन । विकिलिक्सका संस्थापक जुलियन असान्ज अमेरिकी सुपुर्दगी गर्ने किन नगर्ने भन्ने बारेमा बेलायतको अदालतले सुनवाइ चलिरहेको छ ।
लन्डनस्थित बेलायती उच्च अदालतले विकिलिक्सका संस्थापक असान्जले बेलायतवाट अमेरिका सुपुर्दगी गर्ने नगर्ने बारेमा आजै फैसाला सुनाइदैँछ ।
अलजजिराका अनुसार सुपर्दगीका लागि असान्जले चुनौती दिदैँ अन्तिम अपील गर्न सक्छन् कि भनेर निर्णय गर्ने तयारी भइरहेको छ ।
अमेरिकाले ५२ वर्षीय असान्जलाई विकिलिक्सले अफगानिस्तान र इराकमा अमेरिकी नेतृत्वमा भएको युद्धसँग सम्बन्धित गोप्य कागजातहरू सार्वजनिक गरेकोमा जासुसी गरेको आरोपमा मुद्दा चलाउन खोजिरहेका छन्।
लन्डनको उच्च अदालतले गत महिना असान्जको अपीलको लागि अन्तिम बोली सुनेको थियो। दुई दिनको सुनुवाइको क्रममा असान्जका वकिलहरूले तर्क यो गरेका थिए कि उनी इराक र अफगानिस्तानमा अमेरिकी सेनाको गलत कार्यको पर्दाफास गर्ने एक गोप्य र योग्य पत्रकार हुन् ।उनीहरूले यो पनि भने कि अमेरिकामा सुपुर्दगीले उनलाई राजनीतिक रूपमा प्रेरित अभियोगमा पर्दाफास गर्नेछ । र, उनी माथी न्याय हुने छैन, उनले अमेरिकामा न्याय पाउने छैनन् ।
तर अमेरिकाले असान्जको कार्य पत्रकारको जानकारी सङ्कलन गर्नेभन्दा बाहिर गएको छ र उनले सरकारी कागजातहरू माग्ने, चोर्ने र अन्धाधुन्ध रूपमा प्रकाशित गर्ने काम गरेका छन्, उनी पत्रकार भन्दा जासुसका रूपमा बढी भुमिकामा देखिएका छन् ।
उनीहरूले उनीमाथि राजनीतिक विचार नभएर स्रोतको नाम सार्वजनिक गरेको आरोपमा कारबाही हुनु पर्ने थप तर्क गरेका थिए ।
विकिलिक्सका संस्थापककी पत्नी स्टेला असान्जले आफू लन्डन अदालतमा भइरहेको सुनवाइका लागि जान लागेको जानकारी दिएकी छिन । ‘यदि जुलियनले यो राउन्ड हारे भने बेलायतमा अदालतको बाटोको अन्त्य हुनेछ’ उनले अदालत जानु अघि टविटरमा लेखेकी छिन ।
असान्जले अमेरिकी रक्षा मन्त्रालय, पेन्टागन लगायतका धेरै ‘गोप्य डकुमेन्ट’हरू सार्बजनिक गरेका थिए । उनले सो डकुमेन्टहरू सार्बजनिक गरे पछि इरान र अफगानिस्तानमा भएका अमेरिकी धरपकड र ‘अमेरिकन लोकतन्त्र ‘उदांगो’ हुन पुगेको थियो । जसका कारण अमेरिकाको अन्तराष्ट्रिय छवीमा कालो लागेको थियो ।
काठमाडौँ। अमेरिका र इरानबीच फेरि तनाव सुरू भएको छ। अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेपछि फेरि तनाव सुरू भएको हो। अमेरिकी केन्द्रीय...
काठमाडौँ। भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या...
काठमाडौँ। भेनेजुएलामा प्रकृतिको डरलाग्दो प्रकोप देखिएको छ । देशमा लगातार आएका दुई अत्यन्त शक्तिशाली भूकम्पले ठूलो विनाश मच्चाएको छ। राजधानी काराकाससहित धेरै क्षेत्रमा बहुमंजिला भवनहरू...
काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सम्झौताबारे आफूले चाँडै नै ‘अन्तिम निर्णय’ लिने बताएका छन् । उक्त सम्झौताले युद्धविरामको अवधि लम्ब्याउन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend