लन्डन । विकिलिक्सका संस्थापक जुलियन असान्ज अमेरिकी सुपुर्दगी गर्ने किन नगर्ने भन्ने बारेमा बेलायतको अदालतले सुनवाइ चलिरहेको छ ।
लन्डनस्थित बेलायती उच्च अदालतले विकिलिक्सका संस्थापक असान्जले बेलायतवाट अमेरिका सुपुर्दगी गर्ने नगर्ने बारेमा आजै फैसाला सुनाइदैँछ ।
अलजजिराका अनुसार सुपर्दगीका लागि असान्जले चुनौती दिदैँ अन्तिम अपील गर्न सक्छन् कि भनेर निर्णय गर्ने तयारी भइरहेको छ ।
अमेरिकाले ५२ वर्षीय असान्जलाई विकिलिक्सले अफगानिस्तान र इराकमा अमेरिकी नेतृत्वमा भएको युद्धसँग सम्बन्धित गोप्य कागजातहरू सार्वजनिक गरेकोमा जासुसी गरेको आरोपमा मुद्दा चलाउन खोजिरहेका छन्।
लन्डनको उच्च अदालतले गत महिना असान्जको अपीलको लागि अन्तिम बोली सुनेको थियो। दुई दिनको सुनुवाइको क्रममा असान्जका वकिलहरूले तर्क यो गरेका थिए कि उनी इराक र अफगानिस्तानमा अमेरिकी सेनाको गलत कार्यको पर्दाफास गर्ने एक गोप्य र योग्य पत्रकार हुन् ।उनीहरूले यो पनि भने कि अमेरिकामा सुपुर्दगीले उनलाई राजनीतिक रूपमा प्रेरित अभियोगमा पर्दाफास गर्नेछ । र, उनी माथी न्याय हुने छैन, उनले अमेरिकामा न्याय पाउने छैनन् ।
तर अमेरिकाले असान्जको कार्य पत्रकारको जानकारी सङ्कलन गर्नेभन्दा बाहिर गएको छ र उनले सरकारी कागजातहरू माग्ने, चोर्ने र अन्धाधुन्ध रूपमा प्रकाशित गर्ने काम गरेका छन्, उनी पत्रकार भन्दा जासुसका रूपमा बढी भुमिकामा देखिएका छन् ।
उनीहरूले उनीमाथि राजनीतिक विचार नभएर स्रोतको नाम सार्वजनिक गरेको आरोपमा कारबाही हुनु पर्ने थप तर्क गरेका थिए ।
विकिलिक्सका संस्थापककी पत्नी स्टेला असान्जले आफू लन्डन अदालतमा भइरहेको सुनवाइका लागि जान लागेको जानकारी दिएकी छिन । ‘यदि जुलियनले यो राउन्ड हारे भने बेलायतमा अदालतको बाटोको अन्त्य हुनेछ’ उनले अदालत जानु अघि टविटरमा लेखेकी छिन ।
असान्जले अमेरिकी रक्षा मन्त्रालय, पेन्टागन लगायतका धेरै ‘गोप्य डकुमेन्ट’हरू सार्बजनिक गरेका थिए । उनले सो डकुमेन्टहरू सार्बजनिक गरे पछि इरान र अफगानिस्तानमा भएका अमेरिकी धरपकड र ‘अमेरिकन लोकतन्त्र ‘उदांगो’ हुन पुगेको थियो । जसका कारण अमेरिकाको अन्तराष्ट्रिय छवीमा कालो लागेको थियो ।
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend