Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • भारतको मुम्बई सबैभन्दा बढी अरबपति बस्ने विश्वको तेस्रो शहर


    मंगलबार, चैत्र १३ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । भारतको मुम्बई शहर अब अरबपतिहरूको हिसाबले विश्वको तेस्रो स्थानमा उक्लिएको छ । अरबपतिको हिसाबले न्यूयोर्क पहिलो स्थानमा छ । यहाँ सबैभन्दा बढी ११९ अरबपतिहरू बस्छन् । त्यसपछि लन्डन आउँछ, जहाँ ९७ अर्बपति छन् । यो सूचीमा अब मुम्बई तेस्रो स्थानमा उक्लिएको छ ।

    हुरुन ग्लोबल रिच लिष्ट २०२४ को रिपोर्टका अनुसार मुम्बईमा २६ नयाँ अरबपतिहरू थपिएसँगै ९२ अरबपति बस्ने गर्दछन् । मुम्बईले चीनको बेइजिङलाई उछिन्दै तेस्रो स्थानमा उक्लिएको हो । यस अघि १०९ अरबपति रहेको बेइजिङमा १८ अरबपति घटेर ९१ रहेको रिपोर्टमा उल्लेख छ ।

    त्यस्तै चीनको शंघाईमा ८७, शेनजेनमा ८४, हङकङमा ६५, मस्कोमा ५९, भारतको नयाँ दिल्लीमा ५७ अरबपति रहेको रिपोर्टमा उल्लेख छ ।

    ग्लोबल रिच लिस्टका अनुसार एलन मस्क शिर्ष स्थानमा छन् भने जेफ बेजोस दोस्रो, बेर्नार्ड अर्नाल्ट तेस्रो, मार्क जुकर्बर्ग चौथो, लारी एलिसन र वारेन बफेट पाँचौं, स्टेभेन बल्लमेर सातौँ, बिल गेट्स आठौँ, लारी पेज नवौं र मुकेश अम्बानी १०औ स्थानमा रहेका छन् । त्यसैगरी भारतका गौतम अडानी यस सूचीमा १५औं स्थानमा उक्लिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार