काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका पीडित पत्रकारहरूले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याललाई भेटेका छन्। शुक्रबार मन्त्रालयमा नै पुगी पीडित पत्रकारले कान्तिपुर मिडियाले श्रम शोषण गरेको भन्दै न्याय दिलाई दिन आग्रह गरेका हुन्।
नियुक्तिको मितिदेखि श्रमजीवी पत्रकार ऐन, नियमावली तथा श्रम ऐन र नियमावली बमोजिम पाउनुपर्ने पारिश्रमिक, सुविधाहरू तत्काल भुक्तानीका लागि व्यवस्थापनसँग पहल गरिदिन उनीहरूले आग्रह गरेका छन्।
कान्तिपुर मिडिया गु्रपले लामो समयदेखि श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गरेको छैन। ऐन कार्यान्वयन नहुँदा आफुहरू श्रम शोषणमा परेको कान्तिपुर आन्दोलन संयोजन समितिका संयोजक टिका प्रधानले बताए। उनीहरूले नियुक्तिको मितिदेखि नै कानुन अनुसार पाउनुपर्ने सुविधा आंशिक मात्र पाइरहेको गुनासो गरे। ‘सुविधा माग गर्दा अहिले पनि कम्पनीले आलटाल गर्दै आएको छ। हाम्रो मागमा कुनै सम्वोधन भएको छैन। पछिल्लो १० महिना (असार) यता त पाउनुपर्ने नियमित तलबसमेत पाइएको छैन,’ पीडित पत्रकारहरूले गुनासो गरे।
कानून बमोजिम पाउनुपर्ने सुविधाको विषय उठाउँदा माग सम्बोधन गर्नुको साटो कान्तिपुरको सम्पादकीय व्यवस्थान तथा मानव संशाधन विभागबाट स्पष्टीकरण सोध्न लगाउने, सरुवा गर्न सिफारिस गर्ने, कुनै सुविधा पाउनु हुन्न, राजीनामा दिनुहोस् भनी सेवाबाट हटाउने धम्की दिने लगायतका काम भइरहेको पिडित पत्रकारहरूले श्रममन्त्री अर्यालसँग गुनासो गरे।
मिडियाले २०८० असोजमा १० वर्षसम्म काम गरेकालाई वर्षको ५० हजार, १० देखि २० वर्ष काम गरेकालाई वर्षको ५५ हजार र त्यो भन्दा माथि काम गरेकालाई वर्षको ६० हजार रुपैयाँ दिने गरी प्याकेज घोषणा गरेको थियो। त्यही प्याकेज समेत अहिले सकिएकाले अब सेवा छाड्नेलाई समेत यो सुविधा दिन नसक्ने सार्वजनिक सूचना कान्तिपुरले जारी गरेको उनीहरूको गुनासो छ।
श्रममन्त्री अर्यालले ऐन बमोजिम श्रमिकले पारिश्रमिक तथा अन्य सेवा सुविधा कुनै पनि हालतमा पाउनु पर्ने बताए। ‘कुनै पनि क्षेत्रका श्रमिकले ऐन बमोजिमको सुविधा पाउनु पर्छ। तपाईहरूको समस्याको बिषयमा पनि सम्बन्धित निकायसँग छलफल गरी समस्याको समाधान खोज्नेछु,’ मन्त्री अर्यालले बताउनु भयो।
पीडित पत्रकारहरूले कान्तिपुर मिडिया हाउसले न्यूनतम पारिश्रमिक लागू नगरेको, चाडबाड खर्च, उपचार खर्च, सञ्चय कोषमा बचतबारे श्रमजीवी पत्रकार सम्बन्धी नियमावली, २०५३ को नियम २९ बमोजिम नियुक्तिको मितिदेखि नै सञ्चय कोषमा नेपाल सरकारले तोके बमोजिमको आधारभूत पारिश्रमिकका आधारमा रकम जम्मा गरिनुपर्नेमा आंशिक रकम मात्र जम्मा गर्ने गरेको, वार्षिक तलबवृद्धि नगरिएको, सार्वजनिक बिदा बापतको भुक्तानी नगरेको गुनासो गरेका छन्।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend