सर्लाही । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका-१ नवलपुर चोकमा आज साँझ बस र ट्रक ठोक्किएको छ। दुर्घटनामा केही व्यक्ति घाइते भएका छन । तर, घाइतेको एक्किन संख्या खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख इन्स्पेक्टर हरिबोल केसीले घाइतेहरू विभिन्न अस्पतालमा उपचारका लागि पुगेकाले संख्या एक्किन हुन बाँकी रहेको बताए। ‘अस्पतालहरुमा प्रहरी पुगेर घाइतेको विवरण लिइरहेकाले संख्या खुल्न बाँकी नै छ,’ इन्स्पेक्टर केसीले भने, ‘ट्रकका चालकबाहेक अन्य घाइतेको अवस्था सामान्य नै छ।’
इन्सपेक्टर केसीका अनुसार ट्रक चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ बस्ने टंकबहादुर गोलेको अवस्था गम्भीर छ। गोलेलाई एलएस न्यूरो अस्पताल कलैया रेफर गरिएको इन्स्पेक्टर केसीले बताए।
उनले सुरुमा घाइतेहरूको उद्धार गरिएको र अहिले सबैतिर पुगेर विवरण लिने काम भइरहेको जानकारी दिए।
प्रहरीका अनुसार आज साँझ साँढे ५ बजेतिर नवलपुरस्थित चोकमा पूर्वतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००१ ख ४३३ नम्वरको ट्रक र जनकपुरबाट वीरगन्जका लागि छुटेको बा ४ ख ३२४ नम्वरको बस आपसमा ठोक्किँएर दुर्घटनामा परेको स्थानीय सञ्चारकर्मी मुकेश झाले बताए।
दुर्घटनामा ट्रक र बस दुवैको अगाडिपट्टीको भागमा क्षति पुगेको प्रहरीले जनाएको छ।
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११ प्रहरी कर्मचारीलाई एक साताभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले मंगलबार सूचना जारी...
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend