काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी बिभाजित भएको छ ।
सो पार्टीका ‘बरिष्ठ नेता’ महेन्द्रराय यादव पक्षधर नेकपा माओवादी केन्द्रमा समाहित भए पछि सो पार्टी बिभाजित भएको हो ।
यादवसहित भट्टराईले लामो समयदेखी साथ दिदैँ आएका गंगानारायण श्रेष्ठले पनि साथ छाडेका छन् । चैत ३ गते बिहान दुवै पार्टीले एकता गर्ने सहमति गरेका थिए ।
बैठकमा माओवादी अध्यक्ष प्रचण्ड, बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देवप्रसाद गुरूङ तथा नेसपाका अध्यक्ष महेन्द्रराय यादव, सह अध्यक्ष गंगानारायण श्रेष्ठ, महासचिव रमेशप्रसाद यादव सहभागी भएको बैठकले पार्टी एकता गर्ने सहमति गरेको हो । ‘बैठकले दुवै पार्टीका बिचमा पार्टी एकता गर्ने सहमति गरेको छ’ बैठक पछि जारी प्रेस नोटमा भनिएको छ, ‘पार्टीको नयाँ नामको सन्दर्भमा आगामी महाधिवेसनमा टुंगो लगाउने निर्णय गरिएको छ ।’
सो पार्टी एकताका लागि बैचारिक एकरूपता र संगठनात्मक तयारी गर्न कार्यदल गठन गरिएको छ । जसअनुसार कार्यदलमा माओवादीका तर्फवाट महासचिव गुरूङ र उपमहासचिव जनार्दन शर्मा तथा नेसपावाट सह अध्यक्ष श्रेष्ठ र महासचिव यादव सदस्य रहेको जनाइएको छ ।
‘
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend