Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १५२ किलो बँदेलको मासुसहित तीन पक्राउ


    शनिबार, कार्तिक २९ २०७७
    745
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले संरक्षित वन्यजन्तु बँदेलजस्तो देखिने काँचो मासु अवैधरूपमा ओसारपसार गरिरहेको अवस्थामा तीन जनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल रायमाझीको नेतृत्वमा गएको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत मूलपानी चोकबाट आज प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । कर्णाली प्रदेश ०२००१ ख ०२६२ नम्बरको सेतो रङ्गको फोर्स गाडीमा जाँच गर्दा पाँच बोरा (१५२.५७ किलो) मासु बरामद गरेको प्रहरी निरीक्षक रायमाझीले बताउनुभयो । 

    उहाँका अनुसार गाडीको छतमा लुकाइराखिएको अवस्थामा मासु बरामद गरिएको थियो । गाडी चालक बराहताल गाउँपालिका–८ सुर्खेतका २७ वर्षीय अर्जुन गौतम, संरक्षित वन्यजन्तुको मासु प्राप्त गर्ने वीरेन्द्रनगर नगरपालिका–४ जुम्लाका ४५ वर्षीय प्रेम बुढामगर र चौकुने गाउँपालिका–८ सुर्खेत का ३५ वर्षीय दीपेन्द्रराज गिरीलाई पक्राउ गरी अनुसनधान थालिएको प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार