Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ४ सय ७४ कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा


    शनिबार, कार्तिक २९ २०७७
    730
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । देशभर हाल ४ सय ७४ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। गत २४ घण्टामा भेटिएका १ हजार ९ सय ४६ संक्रमितमध्ये ४ सय ७४ जना अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

    हाल ३ सय ८७ जना आइसियु र ८७ जना भेन्टिलेटरमा छन्। आइसियुमा भर्ना हुनेको संख्या बागमती प्रदेशमा सबैभन्दा धेरै छन्। त्यहाँ मात्र १ सय ६८ जना आइसियुमा छन् भने ६१ जना भेन्टिलेटरमा छन्। 

    यस्तै प्रदेश १ मा ४९ जना आइसियु र १२ जना भेन्टिलेटरमा, प्रदेश २ मा १४ जना आइसियु र २ भेन्टिलेटरमा, गण्डकीमा ६९ जना आइसियुमा र ११ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ। 

    लुम्बिनी प्रदेशमा ७१ जना आइसियुमा र १ जना भेन्टिलेटरमा छन् भने कर्णालीमा ११ र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित आइसियुमा छन्। कर्णाली र सूदुरपश्चिम प्रदेशमा कुनै पनि संक्रमित भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ। 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार