Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • २४ घण्टामा २५०३ जना कोरोना संक्रमित संक्रमणमुक्त


    शनिबार, कार्तिक २९ २०७७
    1000
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। 

    देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। 

    यो सँगै नेपालमा  १ लाख ७० हजार ६ सय ३२ जना संक्रमित  उपचारपछि निको भएका छन्। 

    पछिल्लो २४ घण्टामा देशभर १ हजार ९४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संख्यासहित नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २ सय ९९ पुगेको छ।  

    आज देशभर ३६ हजार ४५२ सय जना सक्रिय संक्रमित छन्।

    पछिल्लो २४ घन्टामा १३ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १ हजार २ सय १५ पुगेको छ।

    पछिल्लो २४ घण्टामा ८ हजार ७५३ जनाको पिसिआर परीक्षण भएको छ।

    मन्त्रालयका अनुसार १ हजार ५७ जना क्वारेन्टाइनमा छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार