काठमाडौं । टेरामक्स खरिद काण्डमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले मन्त्री भानुभक्त जोशीले सचिवालयका कर्मचारीको नाम दिंदा पनि ब्यवस्थापन गर्न ढिलाइ गरी असहयोग गरिरहेका छन् । मन्त्री जोशीको सचिवालयमा निजी सचिवको नाम दिंदा पनि उनले राख्न आनाकानी गरिरहेको स्रोत बताउँछ ।
मन्त्रालयको कर्मचारी प्रशासन शाखाका उपसचिवद्वयको सरुवा गर्न निर्देशन दिएको ४ दिन बितिसक्दा पनि उनले गरेका छैनन् ।
कर्मचारी प्रशासन शाखाका उपसचिव नफेर्ने र ब्याकडेट राख्दै आर्थिक लाभ लिएर सरुवा गर्ने काम सचिव सिंहले अहिले पनि गरिरहेका छन् । यसअघिकै मन्त्री अनितादेवी साह भएको मिति राखी सरुवा गर्नकै लागि उनले कर्मचारी शाखाका उपसचिव हटाउन बिलम्ब गरेको आरोप छ ।
साह मन्त्री हुँदा उनीसँग मिलेर सचिव सिंहले तराईका नगरपालिकामा निमित्तप्रमुख प्रशासकीय अधिकृत तोक्दा मात्रै २० लाख रुपैयाँ घुस लिएको आरोप लागेको थियो । मन्त्री साहसँग मिलेर सचिव सिंहले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवामा दररेट तोकेर गरेका थिए ।
टेरामक्स काण्ड लागेका सचिव सिंहलाई तुरुन्त हटाउन मन्त्री जोशीमाथि दबाब परेको छ । सोझा मन्त्री जोशीलाई भेगीय नाता लगाएर टिक्ने दाउमा सचिव सिंह लागेका छन् ।
सामान्य प्रशासन मन्त्रालयको सचिवमा राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तोयम राया र बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्यायमध्ये एकलाई ल्याउन मन्त्री जोशीलाई कर्मचारीहरुले सुझाव दिएका छन् ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend