Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तिहार सामाजिक सद्भाव अभिवृद्धि गर्ने पर्व : पर्यटनमन्त्री भट्टराई


    शनिबार, कार्तिक २९ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपालीको महान् पर्व शुभ दीपावली (तिहार )को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

    तिहारको अवसरमा शनिबार शुभकामना सन्देश दिँदै मन्त्री भट्टराईले उज्यालो पर्वले सम्पूर्ण नेपालीको मुहारमा सुख छाउन सकोस्, आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ बढाउँदै शान्ति तथा सामाजिक स्थायित्व कायम भइ देशमा आर्थिक समृद्धिको ढोका खोल्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका हुन् । 

    मन्त्री भट्टराईले सबै जातजाति र धर्मावलम्बीहरुको प्रतीकका रुपमा रहेका हाम्रा चाडपर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय तथा भाषिक विविधतालाई मालाजस्तै गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार