Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • किन जाँदैछन् प्रधानमन्त्रीसहितका नेताहरु राष्ट्रपति कार्यालयमा ?


    शनिबार, कार्तिक २९ २०७७
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा विकसित पछिल्ला घटनाक्रमका बारेमा छलफल गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरु राष्ट्रपति विद्या भण्डारीसँग छलफल गर्न जाँदैछन् । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच एक अर्कामा पत्रयुद्ध चलिरहेको छ । ओलीले प्रचण्डलाई पार्टी एकता गर्न नसकेको, महाधिवेशनसम्म कुर्ने धैर्यता नगरी पार्टी र सरकारको नेतृत्व परिवर्तन गर्न खोजेको आरोप लगाएका छन् ।

    प्रचण्डले जवाफमा ओलीले ब्यक्तिवादी ढंगले सरकार संचालन गरेको र पार्टीको निर्णयलाई पालना नगरेको जस्ता आरोप लगाएका छन् । अध्यक्षद्धयको पत्रयुद्धपछि नेकपा अब विभाजनतर्फ जाने चिन्ता कार्यकर्तामा ब्याप्त छ ।

    यही तरल अवस्थामा प्रधानमन्त्री ओलीसहितका उनको गुटका नेताहरु विकसित घटनाक्रम र आगामी दिनमा चाल्नुपर्ने रणनीतिका बिषष्मा छलफल गर्न राष्ट्रपति भण्डारीसँग छलफल गर्न शितलनिवास जान लागेको बरिष्ठ पत्रकार किशोर श्रेष्ठले सामाजिक संजालमा उल्लेख गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार