मोहम्मद हबिब
भैरहवा । भैरहवा भन्सार नाका हुँदै विना कागजात भारततर्फ जादै गरेको अवस्थामा ट्रक सहित टुथपेस्ट, पाउडर लगायतको सामान भन्सार कार्यालयले नियन्त्रणमा लिएको छ ।
नेपालबाट बाहिरीने क्रममा युपी ५३ विटी ७८८३ नम्बरको टाटा ट्रकमा उक्त सामान भन्सार नाका अगाडिबाट बरामद भएको हो
भैरहवा भन्सार कार्यालय प्रमुख नारद गौतमले खाली ट्रक भनि जाने नाममा सामान लोड गरि लैजादै गरेको अवस्थामा कागजपत्र नभएको ट्रक सहितको सामान नियन्त्रणमा लिएको जानकारी दिए ।
“कागजपत्रविना नेपालबाट भारत जान लागेको सूचना प्राप्त भएपछि ट्रकलाई नाका (भन्सार गेट)बाट नियन्त्रणमा लिइएका छौ । कार्यालयले अनुसन्धान गरिरहेको छ, हामीले भारतीय कस्टमसँग समन्वय गरेर चालक र सहचालक खोज्ने प्रयासमा छौ ।“, आफू काठमाडौं भएकोले आएर मात्रै पुर्ण विवरण दिने उनले भने । उनका अनुसार ट्रकमा भएको सबै सामानको एकिन भएको छैन ।
प्रारम्भिक अनुसन्धानबाट उक्त ट्रकमा डाबरको रेड टुथपेस्ट, क्लोसअप टुथपेस्ट र पोन्डसको पाउडर लगायतको बस्तु रहेको पाएका छौ । नेपालबाट बाहिरीने क्रममा भन्सार अगाडिको कर्मचारीले त्यो गाडी चेकजाँचका लागि भनेका थिए । चालकले आनाकानी गर्दा इलाका प्रहरी कार्यालयको सहयोगमा गाडी चेकजाँचका लागि चालकलाई ढाला खोल्न भन्दा चालक र सहचालक फरार भएको थिए ।
स्रोतका अनुसार त्यो गाडी नेपालगंज नाकाबाट नेपाल भित्रीएको थियो, गाडीको स्वरुप नै उचाई ढालाको रहेकोले ढाला भन्दा केही तल सम्म मात्रै उक्त सामान मिलाएर त्रिपालले ढाकिएको अवस्थामा राखिएको थियो ।
भन्सार कार्यालयले यस अघ िपुष ६ गते पनि यसै अनुरुपको भारत जान लागेको ट्रकबाट ३ सय ५८ कार्टुन क्लोज अफ टुथपेस्टबरामद गरेको थियो । बरामद समानहरु बहुराष्ट्रिय कम्पनिका नेपालका लागि उत्पादन भएको सामान हो । भारतले यि बस्तुको आयातमा प्रतिबन्ध लगाएको खाली ट्रक चेकजाँच हुदैन भन्ने नाममा नेपालबाट अवैध रुपमा भित्रिने गरेको रहस्य खुलेको छ ।
यस अघिको र अहिले दुवै घटनामा भन्सार प्रमुख बाहिर हुदा यो रहस्य बाहिरीएको छ । चेकजाँचमा खटिएको सोही कर्मचारीले नै यस अघिको ट्रक पनि रोकेर चेकजाँच गरेका थिए । बहुराष्ट्रिय कम्पनिका नेपालका लागि आएको उत्पादनहरु ठूलो मात्रामा केही समय पहिला बेलहिया–गोरखपुर सडकखण्डको कोल्हुईमा पनि बरामद भएको थियो ।
सिमा क्षेत्रबाट नेपालका लागि उत्पादित बहुराष्ट्रिय कम्पनिका उत्पादनहरु अवैध तरिकाले भारत जाने गरेतापनि भन्सार कार्यालय अगाडिबाटै अहिले सम्मकै ठूलो मात्रामा सामान बरामद भएको हो । कसले कहाँ को मार्फत पठाईरहेको थियो भन्ने खुल्न सकेको छैन ।
ट्रकको अगाडि मात्रै एउटा नम्बर प्लेट रहेको छ भने पछाडि कुनै नम्बर प्लेट नरहेकोले ट्रक पनि संकास्पद देखिएको छ । अन्नपूर्ण टर्मिनल्सले यो नम्बरको गाडी यस नाकाबाट प्रवेश नै नगरेको जानकारी दिएको छ । गाडी अन्यत्रबाट आएर भारत जान लागेको हुन सक्ने टर्मिनलले जानकारी दिएको छ ।
भैरहवामा रहेको डिलरले पछिल्लो समय ठूलो मात्रामा कसैलाई सामान विक्री नगरेको दाबी गरेका छन । बरामद सामान ठुलो मात्रामा रहेको र यस क्षेत्रबाट नभई सिमावर्ती जिल्लाका डिलर मार्फत आएको हुनु पर्ने दाबी गरे । चुस्त सुरक्षाको वावजुद पनि ठूलो मात्रामा मुख्य नाकाबाट तस्करी गराउनु विना सेटिङ सम्भव छैन । सुरक्षा निकाय, भन्सार ,निर्यातकर्ता र आयातकर्ताको संलग्नतामा मात्रै कसैले आट गर्न सक्छ ।
चालक र परिचालक फरार नेपालबाट भएपनि सिमामा एसएसबीले कुनै पनि नागरिकलाई परिचय पत्र चेकजाँच नगरी जानपनि दिदैन । भन्सार र सुरक्षा संयन्त्रको उपस्थितीले चासो नदिएको कारणपनि सम्बन्धित व्यक्ति सहजै फरार भएको देखिन्छ ।
भन्सार मुद्धा शाखाले अहिले सम्म कसैले पनि सामान मेरो हो भन्ने दाबी कसैको नआएको बताए । कानगजपत्र पनि नरहेको यस्तो घटना यस अघिभएको थियो । त्यो पनि कसैले दाबी नगरेको कारण लिलाम पक्रियामा गएको थियो ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend