Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्वअध्यक्षको कोरोनाबाट निधन


    शनिबार, कार्तिक २९ २०७७
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विर्तामोड । झापाको अर्जुनधारा गाविसका पूर्वअध्यक्ष एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता कुन्दन भट्टराईको कोरोना सङ्क्रमणका कारण शुक्रबार साँझ निधन भएको छ ।

    काठमाडौँको मेडिसिटी हस्पिटलमा उपचारकै क्रममा उहाँको निधन भएको संविधानसभा सदस्य मनकुमार गौतमले बताए ।। फोक्सोको क्यान्सर रोगको उपचार गराइरहेका नेता भट्टराईलाई केही दिनअघि कोरोना पोजिटिभ र स्वास्थ्य अवस्था गम्भीर बनेपछि झापाको पूर्वाञ्चल क्यान्सर हस्पिटलबाट एयर एम्बुलेन्समार्फत मेडिसिटी लगिएको थियो ।

    अर्जुनधारा नगरपालिका–५ घर भएका मृदुभाषी, जुझारु र बौद्धिक राजनीतिज्ञ भट्टराईकी पत्नी विष्णु भट्टराई, एक छोरा र एक छोरी छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार