Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • रास्वपाका मन्त्रीहरूले बधाइ र शुभकामनामा एक मिनेट खर्च नगर्नूः महामन्त्री ढकाल


    बिहिबार, फाल्गुन २४ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले मन्त्रीहरुलाई बधाइ र शुभकामना आदान प्रदानका नाममा समय खेर नफाल्न सुझाव दिएका छन् ।

    सामाजिक संजाल फेसबुकमा उनले लेखेका छन्–‘यो देशलाई माया गर्ने, पार्टीलाई माया गर्ने, मन्त्रीहरूको पनि भलो चिताउने सबैले बुझ्नुपर्छ यो पटक, ‘बधाइ, शुभकामना र फोटो खिच्ने’ नाममा माननीय मन्त्रीहरूको एक मिनट पनि तपाईंका कारणले खर्च भयो भने त्यो ३ करोड नेपालीको ३ करोड मिनट समय खर्च हुन जान्छ, नोक्सान हुन जान्छ ।

    राष्ट्रको महत्वपूर्ण जिम्मेवारी हामीमा आएको छ, यो जिम्मेवारी पूरा गर्न सम्पूर्ण जिम्मेवार पार्टी सदस्य, शुभचिन्तकमा अनुरोध छ, माननीय मन्त्रीहरूको एक सेकेन्ड पनि ठोस काम बिना नोक्सान नगराइदिनु होला । बधाइ, शुभकामना लगायत मनमनै दिनु, भेटीभेटी दिनु आवश्यक छैन ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार