काठमाडौं । दिनेश अधिकारी ‘चरी’ र कुमार घैंटेको प्रहरी इन्काउन्टरमा अवसान र दावा लामाहरुमाथि गोली प्रहारपछि काठमाडौं उपत्यकामा गुण्डानाइकेहरुको आतंक बन्द भएको थियो । चरी र घैंटेको अवसानपछि भूमिगत भएका गुन्डानाइकेहरु फेरि सलबलाउन थालेका छन् ।
नाम चलेका गुन्डा नाइकेको इन्काउन्टरपछि टोले गुन्डासम्म गुप्तबासमा पुगेका थिए । तर, पछिल्ला दिनमा फेरि पुरानै शैलीको गुन्डागर्दी हप्ता असुली र मिटरब्याजको धन्दा मौलाएको छ । गुण्डानाइकेहरुले ब्यवसायीलाई दुःख दिने क्रम फेरि सुरु गरेका छन् । प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयमा काबिल अधिकृतले कमाण्ड गर्दा पनि गुण्डाहरु सल्बलाउन थालेका छन् ।
गुण्डागर्दी बढेको पछिल्लो उदाहरण हो, छायाँ सेन्टरस्थित वाल्डो क्यासिनोका सञ्चालकसँग हप्ता मागेको घटना । क्यासिनो वाल्डोका संचालकलाई हप्ता नदिए ज्यान मार्नेसम्मको धम्की कपन बस्ने काले पासाङ भन्ने पासाङ लामा र लैनचौर बस्ने झोलेराम भन्नेले व्यावसायीले दिएका छन् । उनीहरुले क्यासिनो वाल्डोमात्र होइन, अन्य ब्यवसायीलाई समेत दुःख दिने र खुल्लम खुल्ला हप्ता माग्ने गरेको गुनासो छ ।
हप्ता नदिनेलाई ज्यान मार्नेसम्मको धम्की उनीहरुले दिने गरेका छन् । स्रोतका अनुसार नाम चलेका गुन्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलनको समूहको भन्दै यी दुवै जनाले अहिले हप्ता असुलीलाई तिव्रता दिएका छन् । कतिपय आपराधिक गतिविधिका कारण प्रहरीले निगरानीमा राखेका यी दुवै जनाले वाल्डो क्यासिनोका सञ्चालकलाई ज्यान मार्ने धम्की दिएको अडिओ समेत फेला परेको छ । तर प्रहरीले पनि पासाङ र झोलेरामलाई पक्राउ गर्न सकेको छैन ।
उक्त अडिओमा हप्ता माग गरिएको छ भने नदिए ज्यान लिनु कुनै ठूलो कुरा होइन भनी धम्क्याइएको पनि छ ।
काठमाडौँ। सरकारले नागरिकको विश्वास गुमाउँदै गएको नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले औंल्याएका छन्। आइतबार कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) को प्रदेश कार्यसमितिको पद हस्तान्तरण...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्य दान गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी...
काठमाडौं । नेकपा एमालेले राष्ट्रिय कार्यकर्ता भेला लगत्तै केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी ५ मंसिरमा चौथो केन्द्रीय कमिटी बैठक बोलाइएको प्रचार विभाग प्रमुख...
काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रवक्ता एवं सांसद जगदीश खरेलले प्रधानमन्त्री बालेन साहका प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको पछिल्लो विवादमा प्रधानमन्त्रीले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend