काठमाडौं । चिकित्सा क्षेत्र सुधारको माग गर्दै पटक पटक अनसन बस्दैआएका चिकित्सक गोविन्द केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पोजेटिभ देखिएपछि उनलाई उपचारार्थ महाराजगञ्जस्थित शिक्षण अस्पतालको गणेशमान भवनमा भर्ना गरिएको छ ।
यसअघि डा. केसीका भाइ केशवलाई पनि कोरोना पुष्टि भएको थियो । केशवको पनि हाल सोही अस्पतालमा उपचार भइरहेको छ । बिहीबार सामान्य रुघाखोकी, ज्वरो, खोकीको लक्षण देखिएपछि उनले कोरोना परीक्षण गराएका थिए । परीक्षणको नतिजा पोजेटिभ आएको र स्वासप्रश्वासमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएको सुवेदीले जानकारी दिए ।