Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • बस दुर्घटनाले दोगडाकेदार शोकमा


    शुक्रबार, कार्तिक २८ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बैतडी । दशरथचन्द राजमार्गअन्र्तगत पाटन नगरपालिका–८ खोड्पेमा बिहीबार राती बस दुर्घटनामा परी नौ जनाको ज्यान गयो भने ३४ जना घाइने भए । त्यसमा बैतडीका तीन, दार्चुला, कञ्चनपुर र कैलालीका २÷२ जनाको मृत्यु भयो । बैतडीका मृत्यु हुने सबै तीन जना एउटै गाउँका रहेका छन् । यस्तै सात जना घाइते पनि भए । उनीहरु तीनै जना दोगडाकेदार गाउँपालिका–६ सित्तडका हुन्् ।

    मृत्यु हुने तीनै जना २५ वर्षदेखि ३० वर्षमुनिका युवक छन् । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिकामा कार्यरत आन्तरिक लेखा परीक्षक कविन्द्रप्रसाद जोशी, नेपाल प्रहरीका जवान रणबहादुर चन्द र करनसिंह ऐरी छन् । मृत्यु हुने तीनै जनाका श्रीमती र छोराछोरी पनि सँगै बसमै सवार थिए । उनीहरु घाइते अवस्थामा बाचेका छन् । तीन जनाको मृत्यु र सात जना घाइते भएपछि दोगडाकेदार गाउँपालिकाले दुख व्यक्त गरेको छ ।

    गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले एक शोक वक्तव्य निकालेर दुख व्यक्त गर्नुभएको छ । वक्तव्यमा भनिएको छ, “उक्त घटनाले गाउँपालिका परिवार मर्माहत र शोकमा डुबेको छ, मृतकप्रति श्रद्धाञ्जलीका साथै घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ ।”रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार