Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपाका दुई अध्यक्षबीच पत्रयुद्ध, सचिवालय बैठक निष्कर्षबिहीन


    शुक्रबार, कार्तिक २८ २०७७
    720
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)भित्रको विवाद झन् झन् पेचिलो बन्दै गएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले कात्तिक २५ मा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गरेर पत्र लेखे । जुन पत्रमा ४ महिनापछि हुने महाधिवेशनबाट सहज रुपमा हुने नेतृत्व हस्तान्तरणलाई समेत नकुरेकोमा कटाक्ष गरिएको छ । र, नेतृत्व युवापुस्तामा हस्तान्तरण गर्न नचाहेको आरोप अध्यक्ष प्रचण्डमाथि लगाएका छन् । त्यसको जवाफ अध्यक्ष प्रचण्डले शुक्रबार दिएका छन् ।

    यसैबीच, प्रधानमन्त्री तथा पार्टी अध्यक्षले टार्दैआएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बसेको छ । बैठकले पार्टीभित्र देखिएको संकट र त्यसका समाधानको कार्यसूची नै बनाएर छलफल गर्ने निर्णय गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सचिवालय बैठकले पार्टीभित्र देखिएका समस्या समाधानका उपायबारे कार्यसूची बनाएर थप छलफल गर्ने निर्णय गरेको हो । शुक्रबारको बैठकमा दुई अध्यक्षले एकअर्कालाई लेखेको पत्र सचिवालय सदस्यहरूलाई बितरण गरिएको थियो । 
    दुवै अध्यक्षले लेखेको पत्र र त्यसमा उल्लेख भएका विषयवस्तुमा थप अध्ययन गरेर धारणा बनाउन अध्ययनका लागि सचिवालय सदस्यहरूलाई पत्र बाँडिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

    यस्तै सचिवालय सदस्यहरूलाई कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको सङ्कट समाधानका लागि तयार पार्नुभएको प्रस्ताव र स्थायी कमिटी बैठकपछि जारी गरिएको अन्तर्पार्टी निर्देशिका पनि दिइएको छ ।

    शुक्रबारको बैठकमा पार्टी र सरकार सामु रहेका ऐतिहासिक जिम्मेवारी पूरा गर्नुपर्ने कामहरूबारे पनि छलफल भएको प्रवक्ता श्रेष्ठको भनाइ छ ।
    यस्तै नेकपाभित्र कुनै विदेशी शक्तिको हस्तक्षेपका कारण समस्या उत्पन्न भएको नभई आन्तरिक कारण नै भएको प्रवक्ता श्रेष्ठले बताए ।
    ४० मिनेट बसेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नौ जना सचिवालय सदस्यहरू नै सहभागी भएका थिए । अर्को सचिवालय बैठक मङ्सिर ३ गते दिउँसो १ बजे बस्नेछ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार