Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रियसभाका २० सांसदको पदावधि आजदेखि सकिने, अध्यक्ष, २ राज्यमन्त्री पदमुक्त हुँदै


    आइतबार, फाल्गुन २० २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रियसभाका अध्यक्षसहित २० जनाको पदावधि आइतबार सकिँदैछ । कृषि तथा पशुपंछी मन्त्री बेदूराम भूसाल र भौतिक पूर्वाधार राज्यमन्त्री नन्दा चपाईको पनि पदावधि समाप्त हुँदैछ । शिक्षा राज्यमन्त्री प्रमिलाकुमारीको पनि पदावधि समाप्त हुँदैछ ।

    राष्ट्रियसभाको कार्यकाल समाप्तीसँगै राज्यमन्त्री पदबाट चपाई र प्रमिलाकुमारी पनि स्वतः पदमुक्त हुने भएका छन् ।
    नयाँ संविधान बमोजिम राष्ट्रियसभा गठन भएपछि पहिलो पटक कार्यकाल निर्धारण गर्न गोलाप्रथा भएकोमा त्यसबेला ६ वर्षे कार्यकाल निर्धारण भएका सांसदको पदावधि आज राति १२ बजेदेखि सकिन लागेको हो ।

    आइतबार पदावधि सकिनेसकिनेमा एमालेबाट निर्वाचित राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना, इन्दु कडरिया, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ र रामचन्द्र राई छन् ।
    कांग्रेसबाट निर्वाचित पाँच सांसदको पनि पदावधि सकिएको छ । कांग्रेसका अनिता देवकोटा, जितेन्द्रनारायण देव, प्रकाश पन्थ, रमेशजंग रायमाझी र दृघनारायण पाण्डेको पदावधि सकिएको छ ।
    माओवादीका तीन जनाको पनि पदावधि सकिएको छ । जसमा महेशकुमार महरा, बिना पोखरेल र हरिराम चौधरी छन् । त्यस्तै एकीकृत समाजवादीका बेदूराम भूसाल, नन्दा चपाईं, सिंगबहादुर विश्वकर्मा, जसपाकी प्रमिला कुमारी र स्वतन्त्रबाट निर्वाचित खिमलाल देवकोटाको पनि पदावधि सकिएको छ ।

    यता राष्ट्रिय सभा सदस्यमा राष्ट्रपतिबाट मनोनित विमला राई पौड्यालको पनि पदावधि सकिएको छ । उनको ठाउँमा मन्त्रिपरिषद्को सिफारिसमा एक जना मनोनी हुनेछन् । बाँकी १९ सांसद निर्वाचित भइसकेका छन् । उनीहरुको सपथ सोमबार हुँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार