Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सशस्त्र प्रहरीद्वारा स्थानीयमाथि खुकुरी प्रहार, ६ जना घाइते


    शुक्रबार, फाल्गुन १८ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • झापा । सशस्त्र प्रहरीले काँकाडभिट्टामा स्थानीयालाई खुकुरी प्रहार गरेको छ । सशस्त्र प्रहरीले खुकुरी प्रहार गर्दा ६ जना स्थानीय घाइते बनाएका छन् । उनीहरू सख्त घाइते भएका हुन् । उक्त घटना काँकडभिट्टास्थित नेपाल–भारत सीमाको स्तम्भ नम्बर ९०२ र ९०३ नजिक भएको हो ।

    काँकडभिट्टाको गैरीगाउँमा तस्करी नियन्त्रणको लागि भनेर आएको प्रस्तावित सिमा सुरक्षा गुल्म, काँकडभिट्टाका सशस्त्र प्रहरी र स्थानीयबीच भनाभन हुँदा सशस्त्र प्रहरीका कोट मास्टर र ड्राइभरले खुकुरी निकालेर हानेको स्थानीयले बताए । खुकुरी प्रहारबाट दीपा बातरको हातको औला काटिएको छ । हरि बातरको छातीमा गहिरो चोट लागेको छ ।

    विशेष राजबंशीको हात कटिएको छ । स्थानीय मिलन चापागाईंको हात कटिएको बताइएको छ । दीपक बातर र आनह यादवलाई जीउमा चोट लागेको छ । घाइतेको उपचारको लागि बीएण्डीसी अस्पताल लगिएको जानकारी प्रप्त भएको छ ।

    काँकडभिट्टा क्षेत्रमा विगतदेखि नै सशस्त्र प्रहरीले आतंक मच्चाउँदै आएको छ । कहिले तस्करले लाइन नदिएको भन्दै कुटपिट गर्दै आएको छ भने कहिले आफ्नै कर्मचारीमाथि हातपात गर्दै आएको छ ।

    सशस्त्र प्रहरी बलका प्र्रवक्ता राजेन्द्र खड्काले भने– काँकडभित्तामा घटना भएको हो । तर बाहिर भनिएजस्तोे होइन, बुझ्दैछु, बुझेर यथार्थ बताउनेछु ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार