काठमाडौं । पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा १३ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।
सोही अवधिमा २ हजार १ सय ११ कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा ३ हजार ५३७ संक्रमित निको भएका छन् ।