Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भरतपुर नयाँ ‘हेल्थ हब’ को रूपमा विकास हुँदै गयो : प्रधानमन्त्री


    शुक्रबार, फाल्गुन १८ २०८०
    900
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान भरतपुरमा निर्मित भरतपुर आँखा अस्पतालको नयाँ भवनको उद्घाटन गरेका छन् ।

    उक्त उद्घाटन समहारोहमा बोल्दै प्रचण्डले भरतपुर महानगरपालिका स्वास्थ्य क्षेत्रमा नयाँ ‘हब’ को रूपमा विकास हुँदै गएको बताए ।

    भरतपुर आँखा अस्पताल भरतपुर क्षेत्रको मात्र आँखा अस्पताल नभएर स्वदेश तथा विदेशका समेत सेवाग्राहीहरूको आँखा सम्बन्धी उपचारको केन्द्रका रूपमा स्थापित हुँदै गएको उनको भनाई छ ।

    उनले वि.सं २०४४ सालमा स्थापित भई आँखाको उपचारका साथै अध्ययन, अध्यापन र व्यवसायिक तालिमका क्षेत्रमा विशिष्टिकृत योगदान पुर्‍याउँदै आएको आँखा अस्पतालको महत्व र सेवा प्रवाहको गुणस्तर अब थप प्रमाणित हुने बताए ।

    १३ करोड ५० लाख रुपैयाँ लागतमा अस्पाल भवन बनेको हो । भवनको भुईं तलामा बाल रोग बहिरंग विभाग, बालबालिकाहरुको लागि टिकट काउण्टर, ६ वटा ओपिडी कक्ष, फार्मेसी कक्ष, चश्मा बिक्री कक्ष, बाल मैत्री खेल कक्ष, स्टाफ कन्फ्रेन्स हल र स्तनपान कक्ष रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार