Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रकम भुक्तानी नभएको भन्दै दुग्ध किसानले गरे चक्काजाम


    बिहिबार, फाल्गुन १७ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • धनकुटा। दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको भुक्तानी नगरेको भन्दै दुग्ध उत्पादक किसानले धनकुटाको हिले बजारमा चक्काजाम गरेको छ ।

    गत भदौदेखिको दूधको बक्यौता नपाएको भन्दै उनीहरूले कोशी राजमार्गअन्तर्गत हिलेमा गाडी बन्द गराएका हुन् । बिहान ११ बजेदेखिको बन्दका कारण कोशी राजमार्ग तथा मध्यपहाडी राजमार्ग भएर ओहो दोहोर गर्ने सवारी साधन रोकिएका छन् । दुग्ध उत्पादक जिल्ला सहकारी संघको आह्वानमा बन्द आयोजना गरिएको जनाइएको छ । संघका अध्यक्ष तथा आन्दोलन परिचालन समितिका संयोजक नारदबहादुर कटुवालले आफ्ना माग पूरा नभएसम्म विरोधका कार्यक्रम जारी राख्ने बताए । यसअघि पनि आन्दोलनरत कृषकले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए ।

    धनकुटाका दुग्ध कृषकलाई डीडीसीले गत भदौदेखि हालसम्म यहाँका १ हजार १ सय कृषकबाट संकलन गरेको दूधको १३ करोडभन्दा बढी भुक्तानी गर्न बाँकी रहेको छ । कृषकलाई हिलेस्थित डीडीसीको संकलन केन्द्रमार्फत १० करोड र धनकुटा र तेह्रथुमको सीमाक्षेत्र चित्रेस्थित संकलन केन्द्रबाट ३ करोड भुक्तानी गर्न बाँकी रहेको दुग्ध उत्पादक जिल्ला सहकारी संस्थाका सचिव रोम बाजिम्पाकले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार