Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मिटरब्याज पीडित र सरकारबीचको वार्ता निष्कर्षविहीन, आन्दोलनलाई निरन्तरता दिने


    बिहिबार, फाल्गुन १७ २०८०
    2.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । मिटरब्याज पीडित र सरकारबीचको वार्ता निष्कर्षविहीन भएको छ । सरकारसँगको तीन पटकको उक्त वार्ताबाट कुनै निष्कर्षमा नपुगेपछि पीडितहरूले आन्दोलनलाई थप सशक्त बनाउने तयारी समेत गरेका छन् ।

    यद्यपि आन्दोलनको बिच सरकारसँगको वार्तालाई भने निरन्तरता दिने उनीहरूको भनाई छ। विभिन्न ६ बुँदे माग अघि सारेर आन्दोलन गर्दै आएका पीडितहरूसँग सरकारले वार्ता गर्दै आएको छ । तर, वार्ता कुनै निष्कर्षमा पुग्न सकेको छैन।

    सरकारसँगको वार्ता निष्कर्षमा पुग्न नसकेपछि वार्तासँगै आन्दोलनलाई समेत सशक्त बनाएर अघि बढ्ने मिटरब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुश्वाहले बताए। ‘मिटरब्याजविरुद्ध न्याय मार्च’ गर्दै काठमाडौँ आइपुगेका मिटरब्याज पीडितहरूले ६ बुँदे माग अघि सारेर माघ १६ गतेदेखि आन्दोलन गर्दै आएका छन्।

    गृह मन्त्रालयले गठन गरेको वार्ता समिति र पीडितहरूबिच तीन पटक वार्ता भइसकेकाे छ । तर वार्ता निष्कर्षमा पुग्न नसकेको अध्यक्ष कुश्वाहले बताए। मिटर ब्याज अपराधबाट सिर्जित समस्यालाई समाधान गर्न अघि सारेका ६ बुँदे मागप्रति सरकारले नजरअन्दाज गरेको उनको आरोप छ।

    यस्तै सरकारले अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोग २०७९ गठन गरेको थियो । त्यसले गरेको काम कारबाही अपूर्ण एवम् विफल भएको पीडितहरूको भनाइ छ। आन्दोलनका कार्यक्रम अन्तर्गत आज उनीहरूले ‘सिट्ठी जुलुससहित बालुवाटार मार्च’ को आयोजना गरेका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार