Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज चारवटा संसदीय समितिको बैठक बस्दै, के छन् एजेण्डा ?


    बिहिबार, फाल्गुन १७ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय संसद्अन्तर्गतका चारवटा संसदीय समितिको बैठक आज बस्दै छन् । सिंहदरबारमा ती समितिहरूको बैठक बस्न लागेको हो ।

    उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ८ बजेबाट जारी छ । बैठकमा फालामे छडको कच्चा पदार्थको रूपमा रहेको स्पञ्ज आइरन र विलेट्सबीच भन्सार महसुल एवं अन्तःशुल्कबारे छलफल भइरहेको बताइएको छ ।

    राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहीबार बिहान ११ बजे बस्दैछ ।

    उक्त बैठकमा सम्पत्ति शुद्धीकरण अनुसन्धान र राजस्व अनुसन्धान विभागको काम–कारवाहीबारे छलफल हुनेछ।

    बिहान साढे ११ बजे पूर्वाधार विकास समितिको बैठक बस्दैछ। बैठकमा निर्वाचन क्षेत्र जोड्ने रणनीतिक सडकका सम्बन्धमा छलफल हुनेछ

    यसैगरी दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार