Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • उपप्रधानमन्त्री श्रेष्ठ र लेबनानका राजदूतबीच शिष्टाचार भेट


    बुधबार, फाल्गुन १६ २०८०
    730
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौ। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि लेबनानका राजदूत भेरोनिक लोरेन्जोबीच शिष्टाचार भेट भएको छ । भारत र नेपाल समेतका लागि लेबनानका राजदूत लोरेन्जोले यो आफ्नो कार्यकालको चौथो नेपाल भ्रमण रहेको र हरेक पटकको भ्रमणले आफू निकै उत्साहित भएको बताए ।

    नेपाल र लेबनानबिच सन् १९६३ मा दौत्य सम्बन्ध कायम रहेको र हालसम्म यो सुमधुर रहेकोमा उनले खुसी व्यक्त गरे । विभिन्न अन्तर्राष्ट्रिय मामिलामा नेपाल र लेबनान एकै स्थानमा उभिएको दृष्टान्त समेत उनले दिए ।

    नेपालका सेनाले लेबनानमा शान्ति कायम गर्न पुर्‍याएको योगदानप्रति उनले आभार व्यक्त गरे । उनले नेपालीले लेबनानमा लगानी गर्नसक्ने सुविधा रहेको समेत जानकारी गराए । नेपालको सुरक्षा संयन्त्र अब्बल रहेको र नेपालीको प्रवृत्ति शान्त रहेकोमा उनले प्रशंसा गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार