Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तोलामा ५ सय सुनको मूल्य बढ्यो


    शुक्रबार, कार्तिक २८ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा ९५ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यसअघि बिहीबार सुनको मूल्य ९४ हजार ७०० रुपैयाँ कायम रहेको थियो । 

    तिहारको अवसरमा आज सुन किन्नु उत्तम मानिन्छ । आज सुन पसलहरुमा भिड लाग्ने गरेको छ । 
     
    यस्तै तेजावी सुन शुक्रबार तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । 
    महासंघले विगत ३ दिनयता चाँदीको मूल्य भने स्थिर रहेको जनाएको छ । शुक्रबार चाँदी तोलामा १२२० रुपैयाँमा कारोबार भएको छ । 
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार